
काठमाडौं ।
शाओमीको आउँदै गरेको एमआई स्मार्ट ब्याण्ड ७ मा अलवेन अन डिस्प्ले तथा जीपीएस फिचर रहने अपेक्षा गरिएको छ।
हाल बजारमा रहेको स्मार्ट ब्याण्ड ६ गत वर्षको मे महिनामा सार्वजनिक गरिएको थियो र यो वर्षको पनि मार्च लागिसकेकाले हालै एउटा लीकमार्फत् यसको अपडेटेड संस्करण स्मार्ट ब्याण्ड ७ को विवरण सार्वजनिक भएको छ।
यो जानकारी जेप एपमा भेटिएको ब्याण्डको शुरुवाती फर्मवेयरमा आधारित भएकाले बजारमा आउने उत्पादन भने योभन्दा केही फरक हुन सक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
जानकारी अनुसार यसको डिस्प्ले रेजोल्युशन १९२X४९० पिक्सेलको रहने बताइएको छ। यस्तै यसका केही वाच फेसले अलवेज अन भर्सनमा समय देखाउनेछन् भने यसमा जीपीएस ग्लोनास ग्यालिलियो र बेइडु फिचर पनि रहनेछन्।
यसको ब्याट्री जोगाउन दुई ओटा ब्याट्री सेभिङ मोडहरु रहने र यसले एक पटकको चार्जमा १७ दिनको ब्याकअप दिने पनि जनाइएको छ।
प्रकाशित: २१ फाल्गुन २०७८, शनिबार