एनसेलको डे डेटा प्याक अफर

  • Technology Khabar | २० आश्विन २०७३, बिहीबार
एनसेलको डे डेटा प्याक अफर

काठमाडौं ।

काठमाडौं, २० असोज । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा सुलभ दरमा ईन्टरनेट सेवा प्रयोग गर्न सकिने डे डेटा प्याक ल्याएको छ । यस अन्तर्गत ग्राहकले अब बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको समयमा कर बाहेक १३ पैसा प्रति एमबि सम्ममा डेटा सेवा प्रयोग गर्न सक्नेछन् ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार १०० एमबिको दैनिक, ५०० एमबिको साप्ताहिक अथवा २००० एमबिको मासिक डे डेटा प्याक खरिद गरी सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्छन् । १०० एमबि दैनिक डे डेटा प्याक ग्राहकले रु २० मा खरिद गरी प्रति एमबि २० पैसामा ईन्टरनेट सेवा लिन सक्छन् ।

साथै ५०० एमबि डेटा भोल्युम भएको साप्ताहिक डे डेटा प्याक रु ८० मा खरिद गर्न सक्छने र प्रति एमबि १६ पैसामा ईन्टरनेट सेवा लिन सक्छन् । ग्राहकले २००० एमबि डेटा भोल्युम रहेको मासिक डे डेटा प्याक रु २५० मा खरिद गर्न सक्छन् । अर्थात् यो डेटा प्याक अन्र्तगत ग्राहकले अब मात्र १३ पैसा प्रति एमबिमा ईन्टरनेट चलाउन सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकले यी डेटा प्याकहरु एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार सुचारु गर्न सक्ने बताईएको छ ।

“यो डे डेटा प्याक अफरले हाम्रा ग्राहकको बढ्दो संचार सेवाको मागलाई संबोधन गर्नेछ र थप लाभ प्रदान गर्नेछ ।, ” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

प्याकको समयावधि सकिए पछि हाल लाग्दै आएको कर बाहेक रु ३ प्रति एमबि शुल्क लागु हुने र कम्पनीले यही असोज १९ गतेबाट लागु गरेको योजना १५ दिनसम्म संचालनमा रहने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २० आश्विन २०७३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...