Technology Khabar १८ आश्विन २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, १८ असोज । नेपाल एसबिआई बैंक लि. को संचालक समितिको बैठकले शेयरधनीहरुलाई गत वर्षको मुनाफा तथा विगत वर्षहरुमा आर्जित मुनाफाबाट २८ प्रतिशत वोनस शेयर र १.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त बोनस शेयर तथा लाभांस आगामी २३औँ वार्षिक साधारणसभाबाट पास हुनुपर्ने र नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि माात्र जारी हुनेछ ।
संचालक समितिबाट स्वीकृत वित्तीय विवरण अनुसार बैंकले आ.व. २०७२/७३ मा संभावित नोक्सानी व्यवस्था अघि रु. २,१७,०५,८०,६८९/– संचालन मुनाफा र रु. १,३३,१८,८१,८०१/– खुद मुनाफा हासिल गरेको छ ।
बैंकले हाल ७३ वटा व्यवशायिक इकाई (३ वटा क्षेत्रीय कार्यालय सहित) र ६७८ जना कर्मचारी मार्फत सेवा प्रदान गर्दै आएको छ । हाल देशका विभिन्न स्थानमा बैंकका ८६ वटा एटिएम रहेका छन् ।
प्रकाशित: १८ आश्विन २०७३, मंगलवार