क्वाइनबेसले आफ्नो एक्सचेन्जमा रिप्पलको स्टेबलक्वाइन थप्दै

  • Technology Khabar | १२ कार्तिक २०८३, बिहीबार
क्वाइनबेसले आफ्नो एक्सचेन्जमा रिप्पलको स्टेबलक्वाइन थप्दै

काठमाडौं ।

क्रिप्टोकरेन्सी एक्सचेन्ज क्वाइनबेसले आफ्नो प्लेटफर्ममा रिप्पल को स्टेबलक्वाइन आरएःलयूएसडी थप्ने भएको छ। यससँगै अमेरिकी डलरको मूल्यमा आधारित क्रिप्टो टोकनहरूको सूची विस्तार हुनेछ।

यस कदमले ब्लकचेनमार्फत भुक्तानी सेवा प्रदान गर्ने कम्पनी रिप्पल लाई फाइदा पुग्नेछ। कम्पनीले सीमापार भुक्तानीको कारोबार लगभग तत्कालै सम्पन्न गर्न आरएलयूएसडी लाई सन् २०२४ को डिसेम्बरमा सार्वजनिक गरेको थियो। तथ्यांक प्रदायक क्वाइनगेकोका अनुसार यो स्टेबलक्वाइनको बजार पुँजीकरण २ अर्ब ५० करोड डलरभन्दा बढी छ।

क्वाइनबेसका अनुसार आरएलयूएसडी बुधबारदेखि उसका व्यक्तिगत तथा संस्थागत ग्राहकका लागि उपलब्ध हुनेछ। वर्षौँदेखि सर्कलको यूएसडीसी क्वाइनबेसले ग्राहकलाई उपलब्ध गराउँदै आएको प्रमुख स्टेबलक्वाइन थियो।

तर पछिल्लो समय क्वाइनबेसले आफ्नो स्टेबलक्वाइनको सूची विस्तार गर्दै पेपलको पीवाईयूएसडी र भिसा, मास्टरकार्ड तथा क्वाइनबेसको समर्थनमा स्थापित संयुक्त उद्यममार्फत जारी गरिएको ओपनयूएसडी समेत समावेश गरेको छ।

रिप्पलमा स्टेबलक्वाइनसम्बन्धी वरिष्ठ उपाध्यक्ष ज्याक म्याकडोनाल्डले भने, “आरएलयूएसडीका लागि क्वाइनबेसमा सूचीकृत हुनुका साथै यसको सम्पूर्ण प्लेटफर्ममा स्वीकार्यता पाउनु ठूलो विश्वसनीयता प्राप्त गर्ने अवसर हो।”

रोयटर्सका अनुसार स्टेबलक्वाइन भनेको स्थिर मूल्य कायम राख्न डिजाइन गरिएका र परम्परागत मुद्राको समर्थन प्राप्त डिजिटल टोकन हुन्। यस्ता टोकनको मूल्य प्रायः अमेरिकी डलरसँग जोडिएको हुन्छ। तिनको मुख्य प्रयोग बिटक्वाइनजस्ता अन्य क्रिप्टोकरेन्सी खरिदबिक्री गर्न गरिन्छ।

तर, यसका समर्थकहरूका अनुसार स्टेबलक्वाइनले तत्काल भुक्तानी गर्न र कम्पनीको कोष व्यवस्थापन गर्न पनि सहयोग पुर्‍याउन सक्छन्।

प्रकाशित: १२ कार्तिक २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार