ह्वावे मेट ५० सिरिज स्मार्टफोन छिट्टै आउने सुनिश्चित

  • Technology Khabar | १६ फाल्गुन २०७८, सोमबार
ह्वावे मेट ५० सिरिज स्मार्टफोन छिट्टै आउने सुनिश्चित

काठमाडौं ।

ह्वावेका एक कार्यकारीले कम्पनीको मेट ५० सिरिज स्मार्टफोन छिट्टै सार्वजनिक हुने पुष्टि गरेका छन्।

केही दिनअघि ह्वावेका कन्जुमर बिजनेस ग्रुपका सीईओ यू चेङदोङले कम्पनीले आइतबार एउटा कन्फ्रेन्स गरेर नयाँ नोटबुक, ट्याब्लेट तथा अन्य उत्पादन गर्ने घोषणा गरेका थिए।

उक्त घोषणायता यो इभेन्टको मुख्य आकर्षण मेट ५० सिरिज हुनसक्ने आकलन गरिँदै आएको थियो।

तर शनिबार ह्वावे कन्जुमर बीजी स्ट्राटेजीका अध्यक्ष लि चाङझुले आधिकारिक रुपमा मेट ५० सिरिज फेब्रुअरी २७ अर्थात् आइतबार सार्वजनिक नहुने प्रस्ट पारेका थिए।

उनले आफ्नो वेबो एकाउन्टमा ‘मेट ५० आउने तर अहिले होइन। मेट ५० बाहेक पनि थुप्रै उत्पादन आकर्षक रहने’ पोस्ट गरेका गिजचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार