इन्टेलद्वारा नोटबुकका लागि हार्डवेयर तथा सफ्टवेयर सार्वजनिक

  • Technology Khabar | १६ फाल्गुन २०७८, सोमबार
इन्टेलद्वारा नोटबुकका लागि हार्डवेयर तथा सफ्टवेयर सार्वजनिक

काठमाडौं ।

अमेरिकी चिप निर्माता कम्पनी इन्टेलले एमडब्लूसी २०२२ मा नोटबुकका लागि सफ्टवेयर, हार्डवेयर तथा फाइभजी उपकरण सार्वजनिक गरेको छ।

कम्पनीले गत फेब्रुअरी २४ मा एमडब्लूसी बार्सिलोनामा आफ्ना प्रोग्रामेबल हार्डवेयर तथा ओपन सफ्टवेयर सार्वजनिक गरेको हो।

ती उपकरणहरुमा कम्पनीको नेक्स्ट जेनेरेशन जिअन स्केलेबल प्रोसेसरयुक्त सीपीयू, सफायर र्यापिड, जिअन डी प्रोसेसर तथा सफ्टवेयर डिफाइन्ड नेटवर्क तथा एजका लागि डिजाइन गरिएको इन्टेलको नयाँ चिपसेट आदि रहेका छन्।

सफ्टवेयरतर्फ इन्टेलले आफ्नो पोर्टफववलियोमा सुधार गर्दै ओपनभिआईएनओ २०२२.१ र नयाँ इन्टेल स्मार्ट एजमा नयाँ सफ्टवेयर मोड्युल उपलब्ध गराएको छ।

यी सबैले डेभलपरहरुको इनोभेसनका लागि अझ थप प्रदर्शन र लचकता प्रदान गर्ने डिजिटाइम्सले उल्लेख गरेको छ।

प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार