कति आए ७ महिनामा स्मार्टवाच? हेर्नुहोस् आँकडा

  • Technology Khabar | १२ फाल्गुन २०७८, बिहीबार
कति आए ७ महिनामा स्मार्टवाच? हेर्नुहोस् आँकडा

काठमाडौं ।

आर्थिक वर्ष २०७८/७९ को माघ मसान्तसम्म नेपालमा ४३ करोड १० लाख ८३ हजार रुपैयाँ बराबरका स्मार्टवाच आयात भएका छन्।

यो तथ्याङ्क भन्सार विभागले हालै अद्यावधिक गरेको यो आर्थिक वर्षको माघ मसान्तसम्मको प्रतिवेदनमा उल्लेख गरिएको छ।

तथ्याङ्क अनुसार यो ७ महिनाको अवधिमा उक्त रकम बराबरको २ लाख ६५ हजार ८२० थान स्मार्टवाच आयात गरिएको हो।

यो आँकडा शुरुवाती ६ महिना अर्थात् पुष मसान्तसम्म ३५ करोड ७० लाख ३१ हजार रुपैयाँको थियो।

यस हिसाबले हेर्दा १ महिनाको अवधिमा ७ करोड ४० लाख १२ हजार रुपैयाँ बराबरको स्मार्टवाच आयात भएका देखिन्छ। यस्तै यो १ महिनाको अवधिमा अघिल्लो महिनाको तुलनामा ४२ हजार ९२१ थानले स्मार्टवाचको आयात बढेको देखिन्छ।

सबैभन्दा बढी चीनबाट २,९०,८४० थान

आयात भएकामध्ये चीनबाट सबैभन्दा धेरै अर्थात् २ लाख ९० हजार ८४० ओटा तथा भारत बाट १३ हजार २६ ओटा स्मार्टवाचहरु आयात भएका छन्।

यी स्मार्टवाचका मूल्यमध्ये चीनबाट आयात गरिएकाको ३३ करोड ४५ लाख ८७ हजार तथा भारतबाट ल्याइएकाको २ करोड ३६ लाख ९१ हजार रुपैयाँ रहेको छ।

यसबाहेक यो ७ महिनामा अन्य २० देशबाट पनि विभिन्न सङ्ख्यामा स्मार्टवाचहरु आयात भएको प्रतिवेदनमा उल्लेख छ। उक्त सूचीलाई तालिकामा यसरी हेर्न सकिन्छ।

देशसङ्ख्यारकम रु.देशसङ्ख्यारकम रु.
अस्ट्रेलिया५६५, ९६, ०००कोरिया३४६, ८८,०००
बेलायत१२६, ०००कुवेत८,०००
भियतनाम२, ३२०६, ५२,७८, ०००मलेसिया२१,०००
साइप्रस७, ०००न्यूजिल्याण्ड१४,०००
चेक रिपब्लिक२५, ७६, ०००अमेरिका६१९, ४७, ०००
फ्रान्स१४,०००सिंगापुर२७,०००
हङकङ८,०००ताइवान२, ३४५१९, ४०, ०००
यूएई१७३,६४,०००थाइल्याण्ड१६,०००
जापान१०१, ११, ०००यूक्रेन१०, ०००

प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार