Technology Khabar १२ आश्विन २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, १२ असोज । इन्स्टाग्रामले (Instagram) आफ्नो विण्डोज १० (Windows 10) एपमा नयाँ विशेषतासहितको अपडेट गरेको छ । नयाँ फिचरहरुसहितको अपडेट यसअघि नै आईओएस तथा एन्ड्रोयडमा केहि साता अघि आईसकेको छ ।
अपडेट गरिएको फिचरहरुमध्ये जूम फिचर एक हो, जसले तस्विरहरुमा जुम गर्न सकिन्छ भने अझ थप पिक्सेलका साथमा फोटो हेर्ने सुविधा दिन्छ । अर्को परिवर्तन भनेको फोटोमा मध्यम किसिमको कमेन्ट गर्न सकिने सुविधा ल्याएको छ भने अब नयाँ सुविधाले प्रयोगकर्ताको स्टोरीहरुको फन्ट कलर परिवर्तन गर्ने सुविधा दिएको छ ।
इन्स्टाग्रामको नयाँ अपडेट विण्डोज स्टोरमा डाउनलोड गर्न सकिन्छ ।
प्रकाशित: १२ आश्विन २०७३, बुधबार