होम एप्लायन्समा प्रयोग हुने आईसी कारमा परीक्षण गर्दै हुण्डाइ

  • Technology Khabar | ९ फाल्गुन २०७८, सोमबार
होम एप्लायन्समा प्रयोग हुने आईसी कारमा परीक्षण गर्दै हुण्डाइ

काठमाडौं ।

कोरियाली अटो निर्माता हुण्डाइले आफ्ना कारहरुमा होम एप्लायन्सका लागि बनाइएको आईसी परीक्षण गरिरहेको छ।

कोरियाली सञ्चार संस्था द इलेकका अनुसार हुण्डाइले होम एप्लायन्समा प्रयोग हुने आईसीहरु परीक्षण गरिरहेको र कार चिपहरुलाई यस्ता चिपले स्थानापन्न गर्न खोजिरहेको छ।

आपूर्तिकर्ता स्रोतका अनुसार कार निर्माताको उत्तरदायित्व सुरक्षित कार बनाउनु हो भने आफ्ना कारमा के उपकरण राख्ने भन्ने कुराको निर्णय गर्ने अधिकार पनि उसैमा नीहित हुन्छ।

हुण्डाइले आफ्नो पहिलो कदम चाले पनि अन्य कार निर्माताहरुले भने यता कुनै चासो देखाएका छैनन्। अधिकांशले हाल भइरहेको आईसीको अभाव कारमा प्रयोग हुने चिपको सङ्ख्या घटाएर गरिरहेछन्।

सञ्चारमाध्यमहरुमा आएका रिपोर्ट अनुसार हुण्डाइले कारको एसेसरी फङ्शनका लागि प्रयोग हुने चिप मात्र परिवर्तन गर्ने र मुख्य प्रणाली चलाउने आईसी भने पुरानै राख्ने बुझिएको छ।

प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार