एभरेष्ट बैंकद्वारा रत्न राज्य उच्च माध्यमिक विद्यालयमा शुद्ध पिउने पानी सेवा हस्तान्तरण

  • Technology Khabar | १० आश्विन २०७३, सोमबार
एभरेष्ट बैंकद्वारा रत्न राज्य उच्च माध्यमिक विद्यालयमा शुद्ध पिउने पानी सेवा हस्तान्तरण

काठमाडौं ।

काठमाडौं, १० असोज । एभरेष्ट बैंकले रत्न राज्य उच्च माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानी सेवा हस्तान्तरण गरेको छ । विद्यालयमा भएको एक कार्यक्रममा उक्त सेवाको उद्घाटन प्रमुख अतिथि भुतपुर्व उप प्रधानमन्त्री प्रकाश मान सिंह तथा बैंकका अध्यक्ष बि के श्रेष्ठले गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले विद्यालयहरुलाई कम्प्युटर, उपकरणहरु त्था अन्य आवश्यक सामाग्री समेत प्रदान गर्दै आएको उल्लेख गरेको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले एसियन पेन्टस् न्युबिज “बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३” का साथै आ.ब. २०६८÷०६९मा “वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाता” को सम्मान प्राप्त गरेको थियो ।

प्रकाशित: १० आश्विन २०७३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार