भिभोले भारतमा उत्पादित स्मार्टफोन यसै वर्षदेखि निर्यात गर्ने

  • Technology Khabar | ७ फाल्गुन २०७८, शनिबार
भिभोले भारतमा उत्पादित स्मार्टफोन यसै वर्षदेखि निर्यात गर्ने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले भारतमा उत्पादन गर्ने ‘मेक इन इन्डिया’ स्मार्टफोन यसै वर्षदेखि निर्यात गर्न थाल्ने बताएको छ। कम्पनीले भारतमा ७,५०० करोड भारु  लगानी गर्ने बताएको छ।

यो प्रस्तावित निर्माण लगानी योजना अन्तर्गत गरिनेछ। कम्पनीले आफ्नो उत्पादन बढाउन २०२३ सम्ममा ३,५०० करोड भारु थप लगानी गर्न सक्ने भारतीय मिडियाहरुले जनाएका छन्।

यसका साथै कम्पनीले स्मार्टफोन युनिटको वार्षिक उत्पादन हालको ५ करोडबाट ६ करोड पुर्याउने लक्ष्य राखेको छ। कम्पनीले चार्जर र डिस्प्ले जस्ता कम्पोनेन्टको स्थानीय स्रोत पनि बढाउनेछ।

तर कम्पनीले भारतमा उत्पादित फोनहरु कुन देशहरुमा निर्यात गर्नेछ भन्ने कुनै जानकारी दिएको छैन् ।

भिभो इन्डियाको बिजनेस स्ट्राटेजीका निर्देशक पैघम दानिशले भिभो इन्डिया इम्प्याक्ट रिपोर्ट जारी गर्दै उपभोक्ता नै कम्पनीको केन्द्र बिन्दु भएको बताए।

भिभोले भारत सेवा शुरु गरेको ७ वर्ष भएको छ। रिपोर्टमा भनिएअनुसार भिभोले लगभग १.४ लाख भारतीयहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीको अवसर प्रदान गर्दछ।

प्रकाशित: ७ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...