ह्वावेले शेन्जेनमा आरएण्डडी सेन्टर निर्माण गर्न ६३ करोड डलर लगानी गर्ने

  • Technology Khabar | ७ फाल्गुन २०७८, शनिबार
ह्वावेले शेन्जेनमा आरएण्डडी सेन्टर निर्माण गर्न ६३ करोड डलर लगानी गर्ने

काठमाडौं ।

ह्वावे टेक्नोलोजिजले चीनको शेन्जेनमा एउटा मुख्यालय र आरएण्डडी सेन्टर बनाउन ४ अर्ब चिनियाँ यूआन अर्थात् ६३ करोड २० लाख ५२ हजार अमेरिकी डलर लगानी गर्ने भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार कम्पनीले आफ्नो उर्जा केन्द्रका लागि यी संरचना बनाउने भएको रोयटर्सले उल्लेख गरेको छ।

चिनियाँ टेलिकम जायन्ट ह्वावेले अमेरिकी प्रतिबन्धपछि आफ्ना सेवा तथा उत्पादनहरु विविधीकरण गर्न थालेसँगै उर्ज क्षेत्रका लागि यो लगानीको घोषणा आएङ्को बुझिएको छ।

यसका लागि गत बिहीबार ह्वावे डिजिटल पावरले शेन्जेनको दक्षिणी नगरको स्थानीय सरकारसँग सम्झोता गरेको ‍ट्वेन्टठी फर्स्ट सेन्चुरी हेराल्ड नामक समाचार पत्रले उल्लेख गरेको छ।

उक्त सम्झोतामा गरिएको हस्ताक्षर शेन्जेनको शहरहरुमा नयाँ निर्माण योजनाका लागि आयोजित ठूलो कार्यक्रम अन्तर्गतको एउटा पाटो रहेको थियो।

उक्त स्थानीय सञ्चारमाधयमले ह्वावेको परियोजना ‘द्वैध कार्बन’ आपूर्ति श्रृङ्खला प्रबर्द्धनका लागि आवश्यक परिस्थिति बनाउनका लागि गरिएको उल्लेख गरेको छ।

उसले कार्बन उत्सर्जनको चरम बिन्दु सन् २०३० सम्म पुर्याएर २०६० भित्र कार्बन तटस्थ बन्ने चीनको चीनको लक्ष्य अनुरुप ह्वावेले उक्त केन्द्र बनाउन लागेको समेटेको छ।

प्रकाशित: ७ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...