मेटाको फेसियल रिकग्निशन विरुद्ध टेक्ससमा मुद्दा

  • Technology Khabar | ३ फाल्गुन २०७८, मंगलवार
मेटाको फेसियल रिकग्निशन विरुद्ध टेक्ससमा मुद्दा

काठमाडौं ।

अमेरिकाको टेक्सस राज्यको महान्यायाधिवक्ता कार्यालयले मेटाको फेसबुकमाथि सोमबार मुद्दा दायर गरेको छ।

कार्यालयले मेटामाथि फेसियल रिकग्निशन फिचरमार्फत् राज्यको गोपनीयता सुरक्षा नीति उल्लङ्घन गरेको आरोप लगाएको छ।

उक्त फिचरमार्फत् लाखाैं टेक्ससबासीको बायोमेट्रिक डाटा उनीहरुको सहमतिबेगर नै संकलन गरेको कार्यालयको आरोप छ।

रोयटर्सका अनुसार उक्त मुद्दामा फेसबुकलाई यूजरले अपलोड गरेका फोटो तथा भिडियोबाट बायोमेट्रिक विवरण उनीहरुको सहमतिबेगर तानेको, ती विवरणहरु अरुलाई बाँडेको तथा तिनीहरुलाई निश्चित समयभित्र नष्ट गर्न नसकेको आरोपहरु लगाइएको छ।

‘यो ठूला प्रविधि संस्थाहरुको धोखाधडीपूर्ण व्यावसायिक चलनको अर्को उदाहरण हो र यो रोकिनुपर्छ। म टेक्ससबासीहरुङ्को गोपनीयता तथा सुरक्षाका लागि लडिरहनेछु’, महान्यायाधिवक्ता केन प्याक्स्टनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार