पोको ए४ जीटीले पायो थुप्रै सर्टिफिकेशन, छिट्टै आउन सक्ने संकेत

  • Technology Khabar | ३ फाल्गुन २०७८, मंगलवार
पोको ए४ जीटीले पायो थुप्रै सर्टिफिकेशन, छिट्टै आउन सक्ने संकेत

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी ब्राण्ड पोकोको पोको ए४ जीटीले थुप्रै सर्टिफिकेशन पाएको छ।

हालै एक टिपस्टरले बाहिर ल्याएको जानकारी अनुसार पोको एफ४ जीटीले एफसीसी, आईएमईआई, ईईसी र टीयूभीको सर्टिफिकेशन पाएको हो।

यी सबै सर्टिफिकेशनहरुले यो डिभाइस एमआईयूआई १३ सहित आउने पुष्टि गरेका छन्।

यसबाहेक पोको एफ४ जीटीमा दुई ओटा सेलमा विभाजन गरेर ४५६० एमएएचको ब्याट्री दिइने बुझिएको छ। यसले फास्ट चार्जिङमा मद्दत पुर्याउने कम्पनीलाई उद्धृत गर्दै जीएसएमएरिनाले जनाएको छ।

पोको एप४ जीटीको मोडल नम्बर २११२१२१०जी रहेको छ भने जी ले ‘ग्लोबल’ लाइ बुझाउने बताइएको छ।

यसको चीनमा मात्र चल्ने र ग्लोबल भर्सन दुवै उपलब्ध हुनसक्ने अपेक्षा गरिएको छ।

पोको एफ४ को सर्टिफिकेशन बाहेक अन्य धेरै आधिकारिक विवरण बाहिरिएका छैनन्।

 

प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...