सामसंग ग्यालेक्सी एस एट तालिका भन्दा अगाडि नै सार्वजनिक हुनसक्ने

Technology Khabar ३० भाद्र २०७३, बिहीबार

काठमाडौं ।

काठमाडौं, ३० भदौ । सामसंगले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस एटको (Galaxy S8) तयारी गरिरहेको विभिन्न जानकारीहरु आएका छन् । कम्पनीले आफ्नो नियमित तालिकाअनुसार आगामी वर्षको मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गर्ने गरेको एस सिरिजको फोनअन्तरगतको ग्यालेक्सी एस एटको दुईवटा भर्सन देखिएको छ ।

कम्पनीको नयाँ फोनको एसएम-जी९५० (SM-G950) तथा एसएम-जी९५५ (SM-G955)मोडल नम्बर सार्वजनिक भएको छ । कम्पनीले केहि समय अघि मात्र सार्वजनिक गरेको आफ्नो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट सेभेनमा (Galaxy Note 7) गंभिर समस्या भोगिरहेको बेलामा नयाँ फ्ल्यागशिपको चर्चा शुरु भईसकेको छ ।

सामसंगले हालको नोट सेभेनको समस्याबाट पार पाउन र यसको घाटालाई पूर्ति गर्न आफ्नो नियमित समय भन्दा अगाडि नै ग्यालेक्सी नोट एट सार्वजनिक गर्ने जानकारीहरु सार्वजनिक भएका छन् । कम्पनीले हाल ग्यालेक्सी नोट सेभेन बजारबाट फिर्ता गर्दा निकै घाटामा भएको हुँदा नियमित समय भन्दा अगाडि नै ग्यालेक्सी एस एट सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

कम्पनीले हाल ग्यालेक्सी नोट सेभेनको बिक्रिमा रोक लगाएको छ भने विश्वभर ग्यालेक्सी नोट सेभेनलाई पड्किने स्मार्टफोनको उपाधि दिईएको छ । यो समस्याबाट मुक्त हुन पनि कम्पनीले ग्यालेक्सी एस एट सार्वजनिक गर्नसक्ने विश्लेषकहरुले बताएका छन् ।

कम्पनीले कोरियामा यहि सेप्टेम्बर १९ देखि नोट सेभेनको पुन बिक्री शुरु गर्ने योजना गरेको छ । तर विश्लेषकहरुले भने नोट सेभेनको पुन बिक्रीमा रकम खर्च गर्नुभन्दा नयाँ फ्ल्यागशिप ल्याएर बजारमा जानु ठिक हुने बताएका छन् ।

माध्यम १ माध्यम २

प्रकाशित: ३० भाद्र २०७३, बिहीबार

तपाइको प्रतिक्रिया