
काठमाडौं ।
काठमाडौं, २८ भदौ । फेसबुकको फोटो शेयरिंग एप मोमेन्टस् अब मोबाइलको साथै वेबसाइटमा पनि उपलब्ध भएको छ । यसले यूजर्सलाई आफ्नो निजी एल्बमको वेबलिंक बाँड्न सकिनेछ ।
यो एप पहिले सिमित तहमा मात्र प्रयोगमा थियो भने फेसबुकमा भएका साथीहरुबिचमा मात्र यो एपको प्रयोगबाट विभिन्न तस्विरहरु सेयर गर्न सकिन्थ्यो । तर अब यो एपबाट सोशल नेटवर्कमा नभएका साथीहरुसँग पनि आफ्नो फोटो एल्बम शेयर गर्न सकिनेछ ।
फेसबुकले स्मार्टफोन प्रयोगकर्ताहरुलाई यो एप प्रयोग बाध्यकारी गरेको थियो ।
यूजर्सले यो नयाँ फीचरको प्रयोगबाट आफ्नो पुरानो एल्बमहरु पनि शेयर गर्न सक्नेछन् । प्रयोगकर्ताहरुले मोबाइल स्क्रीनको तल दाहिनेतिर तीन बिन्दुहरुमा क्लिक गर्नुपर्नेछ जहाँ उनिहरुले लिंक शेयर गर्नुहोस भन्ने अप्शन देखिनेछ ।
यो नयाँ अप्शनबाट प्रयोगकर्ताहरुले यूआरएल दिन्छ, जसको माध्यमबाट ईमेल तथा म्यासेज पठाउन सकनेछन् । यो मोमेन्ट्स एपले फूल रिजोल्यूशन भएको फोटो पनि सपोर्ट गर्दछ, जसका लागि यसमा लाइक ट्याब जोडिएको छ जहाँ यो ट्याबको माध्यमबाट फूल रिजोल्यूशन फोटोहरु अपलोड गरेर ३० दिनसम्म सेभ हुनेछ ।
प्रकाशित: २८ भाद्र २०७३, मंगलवार