भिभो आईकू ९ को ग्लोबल लञ्च आगामी फेब्रुअरी २३ मा

  • Technology Khabar | २९ माघ २०७८, शनिबार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड भिभोको सहायक ब्राण्ड आईकूको आईकू ९ सिरिजका स्मार्टफोन आगामी फेब्रुअरी २३ मा ग्लोबल लञ्च गरिने भएका छन्।

यो बीएमडब्लू एम मोटरस्पोर्ट ब्राण्ड भएको आईकू ९ फ्ल्यागशिप सिरिज फेब्रुअरी २३ मा विश्व बजारमा उपलब्ध गराउने आधिकारिक मिति घोषणा गरेको जीएसएमएरिनाले जनाएको हो।

यो लाइनअपलाई अमेजनले ‘भारतको सबैभन्दा अत्याधुनिक फ्ल्यागशिप’ को नाम दिएको छ। तर रिपोर्टहरुका अनुसार यो सिरिजमा भ्यानिला आईकू ९, आईकू ९ प्रो तथा आईकू ९ एसई समेत आउने भएको छ।

यो सिरिजमा स्न्यापड्रागन ८ जेन १ चिपसेट रहने बुझिएको जीएसएमएरिनामा उल्लेख छ।

यी फोनहरु यसअघि चीनमा उपलब्ध भइसकेकाले यसका स्पेसिफिकेशनका बारेमा लगभग आकलन गर्न सकिने तर मूल्य भने के कस्तो हुनेछ भन्ने चाहिँ सबैको काैतुहलता हुने बुझिएको छ।

प्रकाशित: २९ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार