
काठमाडौं ।
शाओमीको सहायक ब्राण्ड रेडमीले आफ्नो रेडमी के५० गेमिङ एडिशन आगामी फेब्रुअरी १६ मा सार्वजनिक गर्ने भएको छ।
कम्पनीले बुधबार सामाजिक सञ्जाल वेबोमा उक्त डिभाइसको डिजाइनसहित फेब्रुअरी १६ का दिन स्थानीय समय अनुसार बिहान ७ बजे चीनमा सार्वजनिक कार्यक्रम शुरु हुने जानकारी दिएको हो।
कम्पनीले शेयर गरेको फोटो अनुसार यो स्मार्टफोनमा गेमिङका लागि शुल्जर ट्रिगर तथा तीन ओटा क्यामरा मोड्युल नजिक एउटा लाइटनिङ बोल्ट आकारको फ्ल्याश मोड्युल दिइएको छ।
क्यामरा मोड्युलको दायाँ र बायाँपट्टि क्रमश फ्रीजिङ र स्पीडिएस्ट लेखिएको देख्न सकिन् जीएसएमएरिनाले उल्लेख गरेको छ।
रेडमीले के५० गेमिङ एडिशनलाई ‘कूल ब्लडेड फ्ल्यागशिप’ को नाम दिएको छ भने यसबका बारेमा विस्तृत विवरण भने उपलब्ध गराएको छैन।
कम्पनीले फेब्रुअरी १६ मा के५० का अन्य भेरियन्ट पनि आउने हो होइन भन्नेबारे प्रस्ट पारेको छैन।
प्रकाशित: २७ माघ २०७८, बिहीबार