भिभोको नयाँ अनुसन्धान र विकास केन्द्र जापानको टोक्यो शहरमा

  • Technology Khabar | २५ माघ २०७८, मंगलवार
भिभोको नयाँ अनुसन्धान र विकास केन्द्र जापानको टोक्यो शहरमा
चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोको नेपाल कार्यालय। फाइल तस्बिर

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो दशाैं आरएन्डडी सेन्टर अर्थात् अनुसन्धान र विकास केन्द्र जापाको टोक्योमा स्थापना गरेको छ।

कम्पनीका अनुसार हाल टोक्योमा उक्त केन्द्र स्थापना गरिनु कम्पनीको ग्लोबल आरएन्डडी स्ट्राटेजीको मुख्य उदाहरण हो। सन् २०१७ मा भिभोले आफ्ना प्राविधिक अनुसन्धान एक मात्र नभई बहु विषयमा केन्द्रित हुने र समग्रमा स्मार्टफोनको इनोभेशनमा केन्द्रित हुने बताएको थियो।

यसै रणनीतिलाई मूर्त रुप दिन यो केन्द्र स्थापना गरिएको कम्पनीको भनाई छ।

यसअघि कम्पनीले शेन्जेन, डङगुआन, नान्जिङ, बेइजिङ, शांघाई, हाङजोउ, शि’यान, ताइपेई, सान डिएगोमा आफ्ना अनुसन्धान तथा विकास केन्द्रहरु स्थापना गरिसकेको छ।

यी केन्द्रहरु विशेषगरी फाइभजी, आर्टिफिसियल इन्टेलिजेन्स, औद्योगिक डिजाइन, इमेजिङ सिस्टम तथा  अत्याधुनिक कन्जुमर इलेक्ट्रोनिक्स प्रविधि तथा सेवा भविष्योन्मुख प्रविधिहरुको विकासमा लक्षित रहेका छन्।

भिभो टोक्यो आरएन्डडी सेन्टरका प्रमुख विज्ञ मासाजुमीले भने, ‘जापानसँग मोबाइल इमेजिङ प्रविधि विकासको सय वर्षको इतिहास छ भने यसले फिल्म अर्थात् रीलबाट लेन्स, सेन्सर तथा मोटरलगायत डिजिटल इमेजिङको क्षेत्रमा फड्को मारिसकेको छ। मोबाइल क्यामरा प्रविधि मजबुत तथा निखारिएको इमेजिङ उद्योगमार्फत् सम्भव हुने भएकाले टोक्योमा आरएन्डडी सेन्टर हुनु निकै ठूलो उपलब्धी हो।’

प्रकाशित: २५ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...