जोबी एभियशनले दक्षिण कोरियामा एयर ट्याक्सी सञ्चालन गर्ने

  • Technology Khabar | २५ माघ २०७८, मंगलवार
जोबी एभियशनले दक्षिण कोरियामा एयर ट्याक्सी सञ्चालन गर्ने

काठमाडौं ।

क्यालिफोर्नियामा मुख्यालय रहेको जोबी एभियशनले दक्षिण कोरियामा एयर ट्याक्सी सञ्चालन गर्ने भएको छ।

कम्पनीले दक्षिण कोरियाकै ठूलो दूरसञ्चार सेवा प्रदायकमध्येको एक एसके टेलिकम (एसकेटी)सँगको साझेदारीम एयर ट्याक्सी सञ्चालन गर्ने भएको टेकक्रञ्चले उल्लेख गरेको छ।

यी दुवै कम्पनीबीच रणनीतिक साझेदारी पत्रमा आइतबार क्यालिफोर्नियामा रहेको जोबीको फ्याक्ट्रीमा हस्ताक्षर भएको हो।

जमिन र हावाको यात्रालाई एकत्रित गर्न एयर ट्याक्सी सेवाले एसकेटीको टी म्याप मोबिलिटी प्लेटफर्म प्रयोग गर्नेछ।

यो सेवामार्फत् एसकेटीले सब्सक्रिप्शनमा आधारित ट्याक्सी भाडामा दिने, पार्किङ सेवा, राइड हेलिङ तथा अन्य यातायातसम्बद्ध सेवाहरु उपलब्ध गराउँदै आएको छ।

यसबाहेक यूटी राइड हेलिङ सेवा दिँदै आएको एसकेटीले यसका लागस गत वर्ष उबरसँग टी म्यापको साझेदारी गरेको थियो।

प्रकाशित: २५ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार