भिभोको पहिलो ट्याब्लेट भिभो प्याड ११ इन्चको डिस्प्ले र २ क्यामरासहित आउने

  • Technology Khabar | २५ माघ २०७८, मंगलवार
भिभोको पहिलो ट्याब्लेट भिभो प्याड ११ इन्चको डिस्प्ले र २ क्यामरासहित आउने
भीभो नेपालको कार्यालयमा राखिएको कम्पनी ब्राण्ड नाम । फाइल तस्बिर

काठमाडौं ।

स्मार्टफोन निर्माता कम्पनी भिभोले यो वर्ष २०२२ मा ट्याब्लेट बजारमा प्रवेश गरी एक नभई धेरै ट्याबहरू लन्च गर्न लागेको छ।

पछिल्लो रिपोर्टमा, जानकारी प्राप्त भएअनुसार भिभोको पहिलो ट्याब्लेटको नाम भिभो प्याड हुनेछ र यो वर्षको पहिलो अर्धवार्षिकमा लन्च गर्न सक्नेछ।

यस बाहेक भिभो प्याडका धेरै स्पेसिफिकेशनको जानकारी पनि अनलाइन लिक भएको छ। टिपस्टरका अनुसार भिभो प्याडमा ११ इन्चको डिस्प्ले दिइनेछ। यसबाहेक यसमा दुईवटा क्यामरा रहनेछन् । यसका साथै यसको ब्याट्री बताईएअनुसार ८,०४०एमएएच क्षमताको हुनेछ।

टिप्स्टर डिजिटल च्याट स्टेसनलाई उद्धृत गर्दै, गीज्मोचाइनाको रिपोर्टले भिभो प्याडको मुख्य विशेषताहरूको बारेमा जानकारी दिएको छ। रिपोर्टका अनुसार, भिभो प्याडमा १२० हर्ज रिफ्रेस रेटको साथ ११ इन्च (२५६०x१६०० पिक्सेल) को डिस्प्ले हुनेछ। यसबाहेक, यो ट्याबमा स्न्यापड्रागन ८७० प्रोसेसर राखिनेछ।

लीकका अनुसार यस ट्याबमा फोटोग्राफीका लागि डुअल रियर क्यामरा दिइनेछ, जसको प्राइमरी क्यामरा १३ मेगापिक्सेल र ८ मेगापिक्सेल सेकेन्डरी क्यामरा हुनेछ।

यसबाहेक, ट्याबमा ४४ वाटको फास्ट चार्जिङ सपोर्ट हुनेछ।

टिप्स्टरका अनुसार ट्याबको मूल्य १,५९९ यूआन अर्थात करिब ३१ हजार रुपैयाँ हुनेछ।

प्रकाशित: २५ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार