तेस्रो पक्षका एप इन्स्टल गर्नु असुरक्षित रहेको अमेरिकी सिनेटलाई एप्पलको जवाफ

  • Technology Khabar | २१ माघ २०७८, शुक्रबार
तेस्रो पक्षका एप इन्स्टल गर्नु असुरक्षित रहेको अमेरिकी सिनेटलाई एप्पलको जवाफ

काठमाडौं ।

एप्पलले अमेरिकी सिनेटलाई साइडलोडिङ अर्थात् तेस्रो पक्षका एप इन्स्टल गर्नु असुरक्षित हुने व्यहोराको पत्र पठाएको छ।

कम्पनीले हालै यूजरहरुलाई तेस्रो पक्षका एप साइडलोड गर्न दिनुपर्ने प्रतिस्पर्धाविरोधी विधेयक रद्द गर्न  विधायकहरुलाई आग्रह गर्दै यसको नकारात्मक पक्षका बारेमा जानकारी दिएको हो।

सिनेटको न्यायीक समितिले एप्पललाई आफ्ना आईडिभाइसेजलाई खुला गर्न दबाब दिने वा नदिने भन्नेबारे बिहीबार छलफल गर्ने तय गरेको छ।

यसैबीच कम्पनीले पठाएको पत्रमा यो विधेयक पारित हुनु यूजरहरुका लागि असुरक्षित रहेको उल्लेख गरिएको छ।

एप्पलका अमेरिकामा सरकारी मामिलाका प्रमुख टिम पाउडर्लीले पत्रमा यो पारित गरेर विधायिकाले ठूला मिडिया प्लेटफर्मलाई एप्पल एप स्टोरको उपभोक्तामैत्री व्यवहारलाई लत्याउन तथा उनीहरुलाई व्यवसाय निरन्तरता दिनबाट रोक्न लागेको आरोप लगाएका छन्।

जीएसएसएरिनाका अनुसार एस.२७१० नामक उक्त विधेयकलाई न्यायीक समितिले आवश्यक जाँच पड्तालका लागि अनुमोदन गर्ने बुझिएको छ।

ब्लूमबर्गका अनुसार कम्पनीले अब यसपछि पूर्ण सिनेटको सामना गर्नुपर्नेछ।

प्रकाशित: २१ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...