अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनलाई २०३१ मा विश्राम दिँदै नासा, अन्तिम वर्षका योजना बन्दै

  • Technology Khabar | २१ माघ २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनलाई २०३१ मा विश्राम दिँदै नासा, अन्तिम वर्षका योजना बन्दै

काठमाडौं ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशसन आफ्नो कार्यकालको समाप्तिको दशकमा प्रवेश गर्दै गर्दा नासाले यसलाई व्यावसायिक प्रयोजनका लागि खुला गर्ने भएको छ।

नासाले हालै एउटा रिपोर्टमा यो परिमार्जन योजनाका बारेमा व्याख्या गरेको छ। यसमा नासाले लो अर्थ अर्बिट व्यावसायिक अर्थतन्त्रका लागि विकसित गरेको माग र आपूर्तिका कदमबारे प्रकाश पारिएको छ।

इलन मस्कको स्पेसएक्सलगायत थुप्रै निजी अन्तरिक्ष खोज कम्पनीहरु अर्बो डलरको अन्तरिक्ष अर्थतन्त्रका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

स्पेसएक्सले यसअघि नै ब्रोडब्याण्ड इन्टरनेटका लागि थुप्रै साना लो अर्थ अर्बिट स्याटेलाइटहरु प्रक्षेपण गरिसकेको छ भने जेफ बेजोस र रिचर्ड ब्रान्सनलगायतका पनि अन्तरिक्ष पर्यटन उडानका क्षेत्रमा लागि परेका छन्।

नासाले आईएसएसलाई जनवरी २०३१ मा प्रशान्त महासागरमा विस्फोट गराउने योजना बनाएको छ।

तर त्यसअघि भने आईएसएसमा भएका प्राविधिक विकासका बारेमा अनुसन्धान गराउने सोचमा रहेको द भर्जले उल्लेख गरेको छ।

‘नासाले आईएसएस व्यावसायिक सेवाका लागि सञ्चालनको सफल परिमार्जनका बारेमा पहलकदमी गरिरहेको छ’, नासाले रिपोर्टमा उल्लेख गरेको छ।

उक्त रिपोर्टमा प्राविधिक चरणहरु तथा व्यावसायिक सेवाका लागि सञ्चालन परिमार्जनका लागि आवश्यक बजेटका बारेमा विस्तृत व्याख्या समेटिएको छ।

आईएसएसका निर्देशक रोबिन गाटेन्सले उक्त स्टेशन आफ्नो तेस्रो तथा सबैभन्दा उत्पादक दशकमा प्रवेश गरेको र यसले नासाको अन्तरिक्ष खोजका क्षेत्रमा वैश्विक साझेदारी निर्माण गर्ने बताएका छन्।

यसबाहेक यसले मानव जगतका लागि औषधीजन्य तथा वातावरणीय फाइदा दिने तथा लो-अर्थ अर्बिटमा व्यावसायिक भविष्यक लागि वातावरण तयार पार्ने उनको भनाई छ।

प्रकाशित: २१ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार