चिनियाँ स्मार्टफोनमा स्न्यापड्रागन चिपसेटको माग चुलिँदा क्वालकमको आम्दानी बढ्यो

  • Technology Khabar | २० माघ २०७८, बिहीबार
चिनियाँ स्मार्टफोनमा स्न्यापड्रागन चिपसेटको माग चुलिँदा क्वालकमको आम्दानी बढ्यो

काठमाडौं ।

क्वालकम इंकले बुधबार आफ्नो पहिलो त्रैमासको कीर्तिमानी प्रगति विवरण सार्वजनिक गरेको छ।

उक्त विवरण अनुसार कम्पनीले वाल स्ट्रीटले गरेको प्रक्षेपणलाई उछिनेको छ भने यसको मुख्य कारण एन्ड्रोइडको आकर्षक व्यापार तथा चिनियाँ ह्याण्डसेट निर्माताहरुबाट आएको चुलिँदो माग भएको कम्पनीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

अमेरिकी चिप निर्माता क्वालकमले यो आर्थिक वर्षको दोस्रो त्रैमासको आम्दानीको प्रक्षेपण गरेको छ १० अर्ब २० करोड देखि ११ अर्बसम्मको आँकडा रहेको छ।

यो आँकडा विश्लेषकहरुले आईबीईएस र रिफिनिटिभको तथ्याङ्क अध्ययनपश्चात् गरेको ९ अर्ब ६१ करोडको प्रक्षेपणभन्दा धेरै रहेको छ।

कम्पनीलाई ह्वावे टेक्नोलोजिज स्मार्टफोन बजारबाट हटेपछि निकै फाइदा भएको छ। ह्वावेले शाओमी, अनर तथा ओपोजस्ता चिनियाँ स्मार्टफोन कम्पनीको नेतृत्व गरेको थियो। तर उक्त कम्पनी बजारबाट हराएपछि यी सबै कम्पनीहरु क्वालकमको चिपसेटतर्फ लागेका रोयटर्सले जनाएको छ।

‘एन्ड्रोइडले हाम्रो वृद्धिलाई अगाडि बढाइरहेको छ’, क्वालकमका चिफ फाइनान्सियल अफिसर आकाश पाल्किवालाले रोयटर्सलाई बताए, ‘पहिलो त्रैमासको आम्दानी वार्षिक हिसाबले ४२ प्रतिशतले बढेर ६ अर्ब डलर पुगेको थियो जसको मुख्य कारण एन्ड्रोइड डिभाइसमा लाग्ने स्न्यापड्रागन चिपसेटमार्फत् ६० प्रतिशत आम्दानी रहेको थियो।

प्रकाशित: २० माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार