पर्सनल कम्प्यूटर

एसरले बनायो विश्वको सबैभन्दा पातलो ल्यापटप, स्विफ्ट सेभेनको मोटाई ९.९ मिलिमिटर मात्रै

एसरले बनायो विश्वको सबैभन्दा पातलो ल्यापटप, स्विफ्ट सेभेनको मोटाई ९.९ मिलिमिटर मात्रै
Global IME Bank

काठमाडौं, १९ भदौ । एसरले विश्वको सबैभन्दा पातलो ल्यापटप स्विफ्ट सेभेन (Swift 7) सार्वजनिक गरेको छ । ताइवानी कम्पनी एसरले आईएफए २०१६ मा एक सेन्टिमिटरभन्दा पनि पातलो ल्यापटप सार्वजनिक गरेको हो ।

कम्पनीले उक्त शोमा विण्डोज १० मा आधारित रहेको स्विफ्ट सेभेन ल्यापटप सार्वजनिक गरेको हो जसको मोटाई केबल ९.९ मिलिमिटर मात्र रहेको छ । एसरको यो ल्यापटपमा १३.३ इन्चको फूलएचडी गोरिल्ला ग्लास स्क्रीन राखिएको छ भने यसको तौल केबल १.१ किलोग्राम मात्र छ ।acer-swift-7_01

यो ल्यापटप निकै पातलो भएपनि यसमा राखिएको हार्डवेयर उच्च तहको छ । यो ल्यापटपको बडि एल्मुनियमको छ भने यसमा इन्टेलको सातौं पुस्ताको कोर आई फाईभ काबी लेक (7th Generation Core i5 Kaby Lake) प्रोसेसर राखिएको छ । यसमा विशेष किसिमको कुलिंग प्रविधि छ जसले यो ल्यापटपलाई तात्न दिँदैन् ।

एसरको नयाँ ल्यापटपमा ८ जीबी र्यामका साथमा २५६ जीबीको एसएसडी स्टोरेज छ । यसमा दुईवटा यूएसबी टाइप सी-पोर्ट छ जसले चार्ज गर्न तथा हेडफोन पोर्टका लागि प्रयोग गर्न सकिन्छ ।acer Swift 7

यो नयाँ ल्यापटपको अर्को विशेषता भनेको यसमा रहेको फराकिलो टचप्याड हो, यसको टचप्याड सामान्य ल्यापटपहरुमा रहने भन्दा निकै फराकिलो रहेको छ ।

एसरको स्विफ्ट सेभेन ल्यापटप यहि सेप्टेम्बरदेखि यूरोपमा उपलब्ध हुनेछ जसको मूल्य १,२९९ यूरो तथा अमेरिकी बजारमा ९९९ डलर तोकिएको छ ।

Sajilo Visa
easy care