टेस्लाको ईभी ब्याट्री उत्पादनका लागि पानासोनिकले ७० करोड डलर लगानी गर्ने

  • Technology Khabar | ११ माघ २०७८, मंगलवार
टेस्लाको ईभी ब्याट्री उत्पादनका लागि पानासोनिकले ७० करोड डलर लगानी गर्ने

काठमाडौं ।

जापानको इलेक्ट्रोनिक्स कम्पनी पानासोनिकले टेस्लाका विद्युतीय गाडीका लागि लिथियम आयन ब्याट्री उत्पादन गर्ने भएको छ।

कम्पनीले छिटोमा सन् २०२३ को शुरुदेखि उक्त प्रविधिको ब्याट्री उत्पादन गर्ने लक्षका साथ जापानको उत्पादन फ्यासिलिटीमा ७० करोड डलर लगानी गरेको निक्केइले जानकारी दिएको छ।

उक्त शक्तिशाली ब्याट्रीले विद्युतीय सवारीको रेन्ज २० प्रतिशतले बढाएर उपभोक्ताका लागि ईभी प्रतिको लगाव र आकर्षणलाई अझै बढाउने निक्केइको दावी छ।

‘हामीहरु बृहत् उत्पादनका लागि विभिन्न विकल्पहरुका बारेमा अध्ययन गरिरहेका छाैं जसमा यसै वर्ष एउटा उत्पादन लाइन पनि स्थापना हुनेछ। तर हामीसँग तत्काल घोषणा गर्नका लागि कुनै कुरा उपलब्ध छैन’,पानासोनिकले रोयटर्सलाई पठाएको पत्रमा उल्लेख गरिएको छ।

पानासोनिकले गत अक्टोबरमा ४६ मिलिमिटर चाैंडा तथा ८० मिलिमिटर उचाई फर्म्याटयुक्त ब्याट्री सार्वजनिक गरेको थियो।

हाल टेस्लाका लागि उपलब्ध गराउँदै आएको ब्याट्रिको पाँच गुणा ठूलव ब्याट्री उत्पादन गरेर पानासोनिकले टेस्लाको उत्पादन लागत घटाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

पानासोनिकले ४६८० फर्म्याटको ब्याट्री पश्चिम जापानको वाकायामामा रहेको फ्याक्ट्रीमा उत्पादन गर्ने रोयटर्सले जनाएको छ।

उक्त फ्याक्ट्रीको क्षमता प्रतिवर्ष १० गिगावाट रहेको र यो आँकडा डेढ लाख गाडीका लागि रहेको निक्केईले जनाएको छ।

प्रकाशित: ११ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार