६ महिनामा ३५ करोड रुपैयाँभन्दा बढीका स्मार्टवाच आयात

  • Technology Khabar | १० माघ २०७८, सोमबार
६ महिनामा ३५ करोड रुपैयाँभन्दा बढीका स्मार्टवाच आयात

काठमाडौं ।

आर्थिक वर्ष २०७८/७९ पूर्वार्द्ध अर्थात् शुरुवाती ६ महिनामा नेपालमा ३५ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरका स्मार्टवाच आयात भएका छन्।

यो तथ्याङ्क भन्सार विभागले हालै अद्यावधिक गरेको यो आर्थिक वर्षको पुष मसान्तसम्मको प्रतिवेदनमा उल्लेख गरिएको छ।

तथ्याङ्क अनुसार यो ६ महिनाको अवधिमा उक्त रकम बराबरको २ लाख ६५ हजार ८२० थान स्मार्टवाच आयात गरिएको हो।

स्मार्टवाचको आयातको क्रम गत वरेषको तुलनामा यो वर्ष  बढी भएको पाइएको छ। गत वर्षभरमा जम्मा २४ करोड १ लाख २ हजार रुपैयाँ बराबरको १ लाख ३८ हजार ६५५ थान स्मार्टवाच भित्रिएको तथ्याङ्क छ।

तर यो वर्ष भने शुरुवाती ५६ महिनाभित्रै उक्त आँकडालाई उछिन्दै ३५ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको २ लाख ६५ हजार ८२० थान स्मार्टवाच आयात भएको देखिएको छ।

आयात भएकामध्ये चीनबाट सबैभन्दा धेरै अर्थात् २ लाख ४९ हजार ८७२ ओटा तथा भारत बाट ११ हजार ९४५ ओटा स्मार्टवाचहरु आयात भएका छन्।

यी स्मार्टवाचका मूल्यमध्ये चीनबाट आयात गरिएकाको २८ करोड ६३ लाख २१ हजार तथा भारतबाट ल्याइएकाको २ करोड १३ लाख ८४ हजार रुपैयाँ रहेको छ।

यसबाहेक यो ६ महिनामा अन्य २० देशबाट पनि विभिन्न सङ्ख्यामा स्मार्टवाचहरु आयात भएको प्रतिवेदनमा उल्लेख छ। उक्त सूचीलाई तालिकामा यसरी हेर्न सकिन्छ।

देशसङ्ख्यारकम रु.देशसङ्ख्यारकम रु.
अस्ट्रेलिया५०५, ७४, ०००कोरिया३४६, ८८,०००
बेलायत७२, ०००कुवेत८,०००
भियतनाम१, ४७०४, १९,९६०००मलेसिया२१
साइप्रस७, ०००न्यूजिल्याण्ड७,०००
चेक रिपब्लिक२५, ७६, ०००अमेरिका८, ८१, ०००
फ्रान्स१४,०००सिंगापुर२७,०००
हङकङ८,०००ताइवान२, ३४५१९, ४०, ०००
यूएई१७३,६४,०००थाइल्याण्ड१६,०००
जापान२०१, ११, ०००यूक्रेन१०, ०००

यस्तो छ यो आर्थिक वर्षको शुरुवाती ६ महिनामा भएका स्मार्टवाच आयात तथा त्यसका लागि खर्च गरिएको रकमको मासिक तालिका:

महिनाआयात भएको  स्मार्टवाचको सङ्ख्यास्मार्टवाचका लागि खर्च गरिएको रकममासिक वृद्धि रकम
श्रावण२३, २३५२, ५४, १६, ०००
भाद्र६६, २८१७, ९८, ६१, ०००५, ४४, ४५, ०००
आश्विन१, ५१, ९५९१५, ३८, २८, ०००७, ३९, ६७, ०००
कार्तिक१८८६३८२२, ०९, ११, ०००७, ६०, ८३, ०००
मंसिर२१४४२६२८, १९, २६, ०००६, १०, १५, ०००
पुष२, ६५, ८२०३५, ७०, ३१, ०००७, ५१, ०५, ०००

पछिल्ला दिनमा मानिसहरु दैनिव जीवन यापनलाई सहज बनाउन तथा स्वास्थ्यका हिसाबले पनि सजग हुँदै जाँदा स्मार्ट ब्याण्ड तथा वाचजस्ता डिभाइसको प्रयोगतर्फ आकर्षित हुन थालेका छन्।

हरेक उमेर र वर्गका मानिसहरुले आफ्नो गच्छेअनुसार यस्ता डिभाइसहरु प्रयोगमा ल्याउन थालेका छन्।

बजारमा महँगो तथा सुपथ मूल्बैयमा पाइने सबैखाले स्मार्टवाच तथा ब्याण्ड उपलब्ध हुन थालेपछि यस्ता डिभाइसप्रति मानिसहरु अझ आकर्षित भएको पाइएको छ।

एप्पल, सामसङलगायतका महँगा ब्रान्डका स्मार्टब्यान्ड तथा वाच प्रयोग गर्न नसक्ने भएकाले सस्तो र नेपाली बजार सुहाउँदो चिनियाँ फ्याक्ट्रीमा निर्मित विभिन्न ब्रान्डका स्मार्टवाच पछिल्ला दिनमा आयात हुने क्रम बढेको विभागको तथ्याङ्कबाट प्रस्ट हुन्छ।

जुनसुकै देशबाट आयात भए पनि विशेषगरी केही नाम चलेका ब्रान्ड बाहेक अधिकांश स्मार्टवाचहरु चिनियाँ कम्पनीकै रहेका पाइएको छ।

प्रकाशित: १० माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार