Technology Khabar ५ भाद्र २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, ५ भदौ । ट्विटरले आफ्नो मोबाइल एपमा केहि परिवर्तनहरु गरेको छ । प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्नका लागि कम्पनीले नयाँ परिवर्तनहरु गरेको हो ।
ट्विटरले परिवर्तन गरेको सेटिंगअन्तर्गत क्वालिटि फिल्टर एक हो । यसले प्रयोगकर्ताको नोटिफिकेसनलाई नयाँ तरिकाले फिल्टर गर्दछ ।
ट्विटरकाअनुसार यसले एकाउण्टको ओरिजिन तथा व्यवहार जाँच गर्दछ भने यसले डुप्लिकेट ट्विटहरु अथवा अटोमेटेड कन्टेन्टहरुलाई फिल्टर गर्दछ ।
ट्विटरले परिवर्तन गरेको नयाँ सेटिंगअनुसार प्रयोगकर्ताले फलो गरेका मानिसहरुले गरेको ट्विटको बारेमा मात्र नोटिफिकेसन आउँछ । अधिक फलोअर्स छन भने यसले ट्विटर प्रयोगकर्ताको नोटिफिकेसन ट्यावमा सहज बनाउँछ ।
ट्विटरले गरेको यो परिवर्तन हाल आईओएस एपमा मात्र उपलब्ध छ भने बिस्तारै अन्यलाई पनि उपलब्ध हुने बताईएको छ ।
प्रकाशित: ५ भाद्र २०७३, आईतवार