वनप्लस ९ र ९ प्रो मा जनवरी सेक्युरिटी प्याच उपलब्ध

  • Technology Khabar | ९ माघ २०७८, आईतवार
वनप्लस ९ र ९ प्रो मा जनवरी सेक्युरिटी प्याच उपलब्ध

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले आफ्ना चीनबाहिरका फ्ल्यागशिप डिभाइस वनप्लस ९ र ९ प्रो का लागि नयाँ सफ्टवेयर अपडेट जारी गरेको छ।

यी दुई स्मार्टफोन गत वर्ष सार्वजनिक गरिएका हुन् भने यिनिहरुका लागि लक्षित ग्लोबल बजारमा सी.४४ नामक उक्त सफ्टवेयर उपलब्ध गराइएको हो।

यसका जनवरी २०२२ सेक्युरिटी प्याच पनि समावेश गरिएको छ। यो अपडेट वनप्लसको इतिहासमै सबैभन्दा लामो चेन्जलगयुक्त रहेको पनि आकलन गरिएको छ।

यो अपडेटमा यसअघि भेटिएका थुप्रै बगहरुको फिक्स अर्थात् समाधानका साथमा अन्य सुधारहरु पनि रहेको बुझिएको छ।

यो रोलआउटको घोषणामा वनप्लसले यो नयाँ रिलिजमा केही रोकिइररहेका समस्याको समाधानमा केन्द्रित रहेको बताएको छ।

यसको मतलब सबै बाँकी समस्या यसमार्फत नै हुने नभइ बिस्तारै समाधान गर्दै लैजाने कम्पनीको भनाई छ।

कम्पनीले चेन्जलगमा रहेका केही कुराहरु यूरोपियन युनियनका देशहरुका सेटहरुमा मात्र लागू हुने बताएको छ।

तर यसमार्फत् फिंगरप्रिन्ट अनलक, सुधारिएको एनिमेशन लगायतका क्षेत्रमा अझ सहज हुने र वर्क लाइफ ब्यालेन्स सबै यूजरका लागि थप गरिएको छ। यसबाहेक क्यामरा,  फाइभजी कनेक्टिभिटी, क्यानभास एओडी तथा ग्यालरी एपलगायतमा थप सुधार देख्न सकिने जीएसएमएरिनाले जनाएको छ।

प्रकाशित: ९ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार