ह्वावेले कर्भसँगको साझेदारीमा आफ्ना फोनमा ल्यायो कन्ट्याक्टलेस पेमेन्ट सिस्टम

  • Technology Khabar | ६ माघ २०७८, बिहीबार
ह्वावेले कर्भसँगको साझेदारीमा आफ्ना फोनमा ल्यायो कन्ट्याक्टलेस पेमेन्ट सिस्टम

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले सम्पर्करहित भुक्तानी (कन्ट्याक्टलेस पेमेन्ट) का लागि यस्तै सेवा प्रदायक कम्पनी कर्भसँग साझेदारी गरेको छ।

कर्भ स्टोरहरुमा एनएफसी चिप प्रयोग गरेर कन्ट्याक्टलेस पेमेन्टको सुविधा प्रदान गर्दै आएको कम्पनी हो।

यो साझेदारीपछि अब एसएमएस ह्वावे मोबाइल सर्भिसेसयुक्त ह्वावेका फोनहरुमा यस्तो सुविधा उपलब्ध भएको जीएसएसमएरिनाले उल्लेख गरेको छ।

कर्भले गुगल पे वा एप्पल पेले जस्तै सामान्यतया: यूजरका सबै डेबिट तथा क्रेडिट कार्ड एकै ठाउँमा संकलन गरेर स्टोरहरुमा भुक्तानीका लागि सहज बनाउँछ। तर यी सेवाहरु ह्वावेले प्रयोग गर्न नपाउने भएकाले उसले कर्भसँग मिलेर आफ्नै भुक्तनी गेटवे शुरु गर्न लागेको हो।

ह्वावेका यस्ता स्मार्टफोन यूजरले एप ग्यालरी स्टोरबाट कर्भ डाउनलोड गरेर रजिस्टर गरी प्रयोग गर्न सक्नेछन्।

हाल कम्पनीले चेक रिपब्लिक, फ्रान्स, जर्मनी, इटली, नेदरल्याण्ड्स, पोल्याण्ड, पोर्चुगल, स्पेन तथा बेलायतमा यो सेवा प्रयोग गर्दा कर्भका फिचर ३० दिनसम्म नि:शुल्क प्रयोगबाहेक प्रत्येक खरिदमा १ प्रतिशत र ह्वावेको एपग्यालरीबाट गरिएको प्रत्येक खरिदमा ५ प्रतिशत क्याशब्याक पाउने बताएङ्को छ।

प्रकाशित: ६ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • ६ माघ २०७८, बिहीबार