अष्ट्रेलियन ब्राण्डको बुटिक वाइनहरु नेपाली बजारमा

Technology Khabar १ भाद्र २०७३, बुधबार

काठमाडौं ।

काठमाडौं, १ भदौ । नेपाली बजारमा अष्ट्रेलियन ब्राण्डका उच्च गुणस्तरयुक्त वाईनहरु भित्रिएका छन् । फ्रेस फूड ट्रेडर्सले पहिलो पटक यस्ता वाईनहरु नेपाली बजारमा सार्वजनिक गरेको हो । एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा, नायक तथा कम्पनीका ब्राण्ड एम्बेसडर रेश मरहट्ठा र नेपाल अष्ट्रेलिया चेम्बर अफ कमर्शका अध्यक्ष अखिलकुमार चापागाई लगायतका अतिथिहरुले वाईन सार्वजनिक गरे ।

विभिन्न पाँच किसिमका बुटिक अष्ट्रेलियन वाईन पहिलो पटक नेपाली बजारमा आएको कम्पनीका सञ्चालक सुनिल साहले बताए । फ्रेस फुड ट्रेडर्सले नेपाली बजारमा प्लान्टाजेनिट (Plantagenet), विलअवाई पार्क (Willoughby Park), बायरन एण्ड हेरोल्ड (Byron & Harold ),  पियस स्टेट (Peos Estate) र एक भिक्टोरियन वाइन टेरा फिलिक्स (Terra Felix) गरी पाँच किसिमको फाईभ स्टार वाइन ल्याएको हो ।

टेरा फिलिक्स कम्पनीका सञ्चालक पिटर साईमनले नेपालमा पहिलोपटक आफ्नो कम्पनीको वाइन लन्च गर्न पाउँदा निकै खुसी लागेको बताए ।

कम्पनीले नेपाली कलाकार तथा नायक रेश मरहट्ठालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको जनाएको छ ।

प्रकाशित: १ भाद्र २०७३, बुधबार

तपाइको प्रतिक्रिया