
काठमाडौं ।
चिनियाँ ह्यान्डसेट निर्माता भिभोले भारतमा प्रोटिनसँगको साझेदारीमा १०० विपन्न बालबालिकाको शिक्षालाई सहयोग पुर्याउन १० लाख भारतीय रुपैयाँ मूल्यका १०० भिभो स्मार्टफोनहरू उपलब्ध गराउने घोषणा गरेको छ।
स्मार्टफोन बाहेक, ह्यान्डसेट निर्माताले भारतमा आफ्नो “भिभो फर एजुकेशन” कार्यक्रमको नयाँ चरण अन्तर्गत यी बच्चाहरूलाई १.५ लाख भारुको नगद छात्रवृत्ति पनि प्रदान गर्ने भारतीय मिडियाहरुले जनाएका छन्।
शिक्षालाई समर्थन गर्ने भारतीय केन्द्रीय सरकारको उद्देश्य अनुरूप, भिभोको कार्यक्रमले सामाजिक र वित्तीय विभाजनलाई कम गर्ने र न्यून आय भएका परिवारका विद्यार्थीहरूलाई उनीहरूको शिक्षा जारी राख्न सहयोग गर्ने उद्देश्य राखेको छ। उनीहरुको कार्यक्रम अनुसार बालबालिकाहरुलाई एउटा स्मार्टफोन उपलब्ध गराइने छ र अनलाइन डिस्टेन्सिङ लर्निङमार्फत समृद्ध सिकाइ अनुभव प्राप्त गर्न मद्दत गर्न सक्ने बताईएको छ।
यस पहल अन्तर्गत, कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई भिभो स्मार्टफोन र नगद छात्रवृत्ति प्रदान गरिनेछ। यसअघि, ह्यान्डसेट निर्माताले १०० विपन्न विद्यार्थीहरूलाई उनीहरूको अनलाइन शिक्षाको लागि स्मार्टफोन उपलब्ध गराएर शिक्षामा सहयोग गरेको थियो।
स्मार्टफोन निर्माताले आफ्नो शिक्षा पहलको अघिल्लो चरण अन्तर्गत ६५ भन्दा बढी विद्यार्थीलाई ८ लाख भारुको नगद छात्रवृत्ति पनि उपलब्ध गराएको बताईएकोछ।
प्रकाशित: ४ माघ २०७८, मंगलवार