ह्वावेले बालबालिकाका लागि स्मार्टवाच बनायो । हात हल्लाउँदा डाटा आदानप्रदान हुने

Technology Khabar २५ श्रावण २०७३, मंगलवार

काठमाडौं ।

काठमाडौं, २५ साउन । ह्वावेले बालबालिकाहरुका लागि पहिलो पटक स्मार्टवाच सार्वजनिक गरेको छ । कम्पनीले डिज्ने र मार्भेलसँगको सहकार्यमा डिजाइन गरिएको पहिलो स्मार्टवाच सार्वजनिक गरेको हो ।

ह्वावेले चीनमा आयोजित कार्यक्रममा बालबालिकाका लागि बनाईएको स्मार्टवाच सार्वजनिक गरेको छ । यो स्मार्टवाच विशेषगरि चारवटा थिममा आधारित रहेका छन् । जसमध्ये लोकप्रिय कार्टुन क्यारेक्टर मिनी, मिकी, फ्रोजन फोर र क्याप्टेन अमेरिकामा आधारित छन् ।

यी सबै फरक फरक थिम भएका स्मार्टफोनहरुको मूल्य चीनमा ६८८ यूआन अर्थात १०४ अमेरिकी डलर तोकिएको छ ।huawei-watch

यो स्मार्टफोन सामान्य किसिमको स्मार्टफोन मात्र नभएर यसलाई स्मार्ट ग्याजेटको रुपमा ल्याईएको छ । यो स्मार्टवाचमा जीपीएस, कम्पास, डब्लूएलएएन, र एक्सेलेरेशन सेन्सर रहेका छन् । यो डिभाइसले ह्वावेको आफ्नै क्लाउड सर्भिस प्रयोग गर्नेछ र कुराकानकिा रेकर्ड तथा विभिन्न डाटाहरु क्लाउड सर्भरमा स्टोरेज हुनेछ ।

ह्वावेको स्मार्टवाचमा सेक (Shake) भन्ने फरक फिचर पनि छ । सेक भन्ने फिचरले करिब १० मिटर वरिपरिको घेरामा भएको दुईवटा स्मार्टवाचलाई कनेक्ट गर्दछ, जसले गर्दा दुई साथीहरुले एक आपसमा आफ्नो हात हल्लाएर अर्थात सेक गरेर जानकारी तथा डाटाहरु आदानप्रदान गर्न सक्दछन् ।

यो स्मार्टफोनमा फोन गर्न र च्याट गर्नका लागि प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछ ।

ह्वावेको बालबालिकाका लागि बनाईएको पहिलो स्मार्टवाच बजारमा बिक्रीका लागि कहिले उपलब्ध हुन्छ भन्ने जानकारी छैन् ।

माध्यम

प्रकाशित: २५ श्रावण २०७३, मंगलवार

तपाइको प्रतिक्रिया