ह्वावे मेट ९० चिनियाँ बजारमा सार्वजनिक, ६६०० एमएएच ब्याट्री र ५० मेगापिक्सेल क्यामराले सुसज्जित

  • Technology Khabar | २० आश्विन २०८३, मंगलवार
ह्वावे मेट ९० चिनियाँ बजारमा सार्वजनिक, ६६०० एमएएच ब्याट्री र ५० मेगापिक्सेल क्यामराले सुसज्जित

काठमाडौं ।

ह्वावेले चिनियाँ बजारमा आफ्नो प्रिमियम सिरिज मेट सिरिज विस्तार गर्दै नयाँ ह्वावे मेट ९० स्मार्टफोन सार्वजनिक गरेको छ। मेट ९० (Mate 90) स्मार्टफोनमा ५० मेगापिक्सेलको मुख्य क्यामरा र १३-मेगापिक्सेलको सेल्फी क्यामरा समावेश छ। यसमा ६,६०० एमएएचको ब्याट्री जडान गरिएको छ, जसले ६६ वाटको फास्ट चार्जिङ र ५० वाटको वायरलेस चार्जिङलाई समर्थन गर्छ।

यो फोन ‘किरिन ९०३०’ (Kirin 9030) चिपसेटद्वारा सञ्चालित छ र यसमा १२ जीबी र्याम उपलब्ध छ।

ह्वावे मेट ९० का विशेषता तथा विवरणहरू

ह्वावे मेट ९० मा ६.७५ इन्चको ओएलईडी एफएचडी प्लस डिस्प्ले छ, जसको रिजोल्युसन २८३२×१२८० पिक्सेल, रिफ्रेस रेट १-१२० हर्ज (एलटीपीओ एडाप्टिभ) र टच स्याम्पलिङ रेट ३०० हर्ज रहेको छ। डिस्प्लेको सुरक्षाका लागि यसमा तेस्रो पुस्ताको ‘कुनलन ग्लास’ प्रयोग गरिएको छ। यो फोन किरिन ९०३० चिपसेटद्वारा सञ्चालित छ र ‘हार्मोनीओएस ७.० (HarmonyOS 7.0)’ अपरेटिङ सिस्टममा चल्छ। यसमा १२ जीबी र्यामका साथै २५६ जीबी, ५१२ जीबी र १ टिबी स्टोरेजका विकल्पहरू उपलब्ध छन्।

सुरक्षाका लागि यसमा ‘थ्री-डी फेस रिकग्निसन’ र साइडमा राखिएको फिंगरप्रिन्ट सेन्सरको सुविधा दिइएको छ। कनेक्टिभिटी विकल्पहरूमा डुअल सिम, ईसीम, वाई-फाई ७, ब्लूटुथ ६.०, एनएफसी, जीपीएस र युएसबी टाइपसी ३.१ जेन १ पोर्ट समावेश छन्। यस फोनको लम्बाइ १६१.९ मिमी, चौडाइ ७५.७ मिमी र मोटाइ ७.९५ मिमी छ भने यसको तौल २१७ ग्राम रहेको छ।

मेट ९० को पछाडिको क्यामरा सेटअपमा ५० मेगापिक्सेलको अल्ट्रा-वाइड जुम क्यामरा (एफ/१.४- एफ/४.० अपर्चर र ओआईएस सपोर्ट सहित), ५० मेगापिक्सेलको अल्ट्रा-वाइड-एंगल क्यामरा (एफ/२.२ अपर्चर सहित) र ५०-मेगापिक्सेलको सुपर-फोकस टेलिफोटो क्यामेरा (एफ/२.२ अपर्चर र ओआईएस सपोर्ट सहित) समावेश छन्। यसका साथै, सेल्फी र भिडियो कलका लागि एफ/२.० अपर्चर भएको १३-मेगापिक्सेलको अल्ट्रा-वाइड फ्रन्ट क्यामेरा पनि दिइएको छ, जसले अटोफोकस र थ्रीडी डेप्थ सेन्सिङलाई समर्थन गर्छ।

यो फोन ६,६०० एमएएचको ब्याट्रीले सुसज्जित छ जसले ६६ वाट फास्ट चार्जिङ, ५ वाट वायर्ड रिभर्स चार्जिङ र ५० वाट वायरलेस चार्जिङलाई समर्थन गर्दछ। साथै, धुलो, उच्च तापक्रम र पानीबाट सुरक्षाका लागि यसले रेटिङ प्राप्त गरेको छ।

ह्वावे मेट ९० को मूल्य र उपलब्धता

ह्वावे मेट ९० को मूल्य १२ जीबी प्लस २५६ जीबी भेरियन्टको लागि ५,९९९ युआन, १२ जीबी + ५१२ जीबी भेरियन्टको लागि ६,९९९ युआन र १२ जीबी + १ टिबी भेरियन्टको लागि ८,४९९ युआन तोकिएको छ। ह्वावे मेट ९० हाल चीनमा अर्डरका लागि उपलब्ध छ।

प्रकाशित: २० आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार