ब्ल्याक शार्क ५ का विवरण लीक, यस्ता हुनेछन् विशेषता

  • Technology Khabar | २९ पुष २०७८, बिहीबार
ब्ल्याक शार्क ५ का विवरण लीक, यस्ता हुनेछन् विशेषता

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीको ब्ल्याक शार्क ५ सिरिजका केही विवरण लीक भएका छन्।

कम्पनीको यो सिरिज यसै वर्ष आउने आकलन गरिएकामा यसको विवरणका बारेमा पहिलो चर्चा परिचर्चा बाहिर आएको हो।

हालै बाहिर आएको रिपोर्ट एक चर्चित वेबो टिप्स्टरमार्फत् आएको र उनले यो सिरिजको भ्यानिला मोडलका बारेमा चर्चा गरेका छन्।

उनका अनुसार ब्ल्याक शार्क सिरिजको भ्यानिला भर्सनमा स्न्यापड्रागन ८८८+ चिपसेट रहने साथै सामसङको १४४ हर्ज रिफ्रेश रेटसहितको ई४ एमोलेड डिस्प्ले रहनेछ। यसको टच स्याम्प्लिङ रेट भने ७२० हर्ज रहने बताइएको छ।

पावरका लागि यसमा १२० वाट चार्जिङ सपोर्टसहितको ४६०० एमएएच क्षमताको ब्याट्री रहनेछ।

यस्तै अन्य स्पेसिफिकेसन भने ब्ल्याक शार्क ४ को जस्तै हुनेछ।

ब्ल्याक शार्क ५ प्रोमा भने स्न्यापड्रागन ८ जेन१ चिपसेटका साथमा १४४ हर्ज रिफ्रेश रेटसहितको क्यूएचडी+ डिस्प्लेका साथमा ५००० एमएएच क्षमताको ब्याट्री रहने आकलन गरिएको छ।

प्रकाशित: २९ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • २९ पुष २०७८, बिहीबार