यतीबाट फ्लाइट बुकिङ गरी खल्तीमार्फत भुक्तानी गर्दा रु.४५० क्यासब्याक

  • Technology Khabar | २९ पुष २०७८, बिहीबार
यतीबाट फ्लाइट बुकिङ गरी खल्तीमार्फत भुक्तानी गर्दा रु.४५० क्यासब्याक

काठमाडौं ।

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले यती एयरलाइन्ससँगको साझेदारीमा रु.४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको छ।

यो अफरको मुख्य उद्देश्य ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु हो। फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ। बुकिङ गर्दाको बिल रकममा रु. १५० घट्नेछ भने बाँकि रहेको रु.३०० ‘खल्ती’ वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुनेछ। यो अफर जनवरी १३, २०२२ देखि फेब्रुअरी १५, २०२१ सम्म मान्य हुनेछ।

फ्लाइट बुकिङमा तत्काल क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले यती एयरलाइन्सको एप डाउनलोड गरी रजिस्टर गर्नुपर्ने वा https://www.yetiairlines.com/ मा गएर भुक्तानी गर्नुपर्नेछ। फ्लाइट टिकट बुक भइ प्रयोगकर्ताहरूले आफ्नो खल्ती आईडीमा तत्काल क्यासब्याक पाउनेछन्।

यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यती एयरलाइन्ससँग मिलेर काम गरी प्रयोगकर्ताहरूका लागि फ्लाइट बुकिंग र डिजिटल भुक्तानीमा सजिलो सुविधा र पहुँच पुर्याउन पाउँदा हामी धेरै उत्साहित छौं।”

त्यसैगरी, यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले भने, “हामी खल्तीसँग सहकार्य गर्न पाउँदा र प्रयोगकर्ताहरूलाई सहज फ्लाइट बुकिङको अनुभव प्रदान गर्न पाउँदा उत्साहित छौं।”

प्रकाशित: २९ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • २९ पुष २०७८, बिहीबार