सिजीले इओन ब्लेज गोल्ड सार्वजनिक गर्यो, एन्ड्रोयड मार्शमाल्लो ६.० मा आधारीत बजेट स्मार्टफोन

Technology Khabar १४ श्रावण २०७३, शुक्रबार

काठमाडौं ।

काठमाडौं, १४ साउन । नेपालको प्रमुख इलेक्ट्रोनिक्स कम्पनी सिजीले नयाँ स्मार्टफोन मोडल बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सिजी इओन सिरिजको नयाँ स्मार्टफोन सिजी इओन ब्लेज गोल्ड (CG EON Blaze Gold) भर्सन सार्वजनिक गरेको हो ।

सिजीले यसअघि बजारमा ल्याएको सिजी इओन ब्लेजको गोल्ड भर्सन सार्वजनिक गरेको हो । बजेट स्मार्टफोन भएपनि एन्ड्रोयडको सबैभन्दा पछिल्लो अपरेटिंग सिस्टम मार्शमाल्लोमा ६.० मा आधारित रहेर संचालन हुने यो स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ । नेपालमा उपलब्ध बजेट स्मार्टफोनहरुमध्ये एन्ड्रोयडको सबैभन्दा पछिल्लो अपरेटिंग सिस्टम मार्शमाल्लो ६.० (marshmallow 6.0) राखिएको यो संभवत पहिलो स्मार्टफोन हो ।

सिजी इओन ब्लेज गोल्डमा ५ इन्चको २.५ डी (2.5D) आईपीएस डिस्प्ले राखिएको छ । यसमा भएको २.५ डि कर्भ्ड आईपीएस डिस्प्लेले टच एक्सपेरियन्समा नयाँ अनुभव दिने कम्पनीको भनाई छ ।

यो स्मार्टफोनमा १३ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

सिजी इओन ब्लेज गोल्डमा १ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज राखिएको छ भने यसको स्टोरेजलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ ।200cc

कनेक्टिभिटीका लागि यसमा थ्रीजी, ब्लूटूथ, जीपीएसलगायतका सुविधा छन भने यो स्मार्टफोनको मोटाई ८.६ मिलिमिटर मात्र रहेको छ ।

कम्पनीले यसलाई स्टाईलिस र प्रयोग गर्न सकिने स्तरको फोनको रुपमा उल्लेख गरेको छ ।

यसको अधिक ब्याट्री उपभोग क्षमता रहेको बताईएपनि कति क्षमताको ब्याट्री छ भन्ने उल्लेख छैन् ।

सिजीले बजेट सिरिजमा सार्वजनिक गरेको यो स्मार्टफोनको मूल्य ८,८८८/- रुपैंया तोकेको छ । यो शुरुवाती मूल्य सिमित अवधिका लागि मात्र भएको कम्पनीले जानकारी दिएको छ । यो स्मार्टफोनको खरिदमा ब्याक केस निशुल्क प्राप्त गर्न सकिनेछ ।

यो स्मार्टफोन कम्पनीको आधिकारिक अनलाइन सिजीडिजिटलमा लिस्टेड भईसकेको छ, जहाँ यो स्मार्टफोनमा ड्यूल सिम सपोर्ट गर्ने, २,३०० एमएचको ब्याट्री भएको जानकारी राखिएको छ ।

प्रकाशित: १४ श्रावण २०७३, शुक्रबार

तपाइको प्रतिक्रिया