एनसेलद्धारा त्रिवि टिचिङ् हस्पिटलमा डायलाईसिस सेन्टरको निर्माण

  • Technology Khabar | १४ श्रावण २०७३, शुक्रबार
एनसेलद्धारा त्रिवि टिचिङ् हस्पिटलमा डायलाईसिस सेन्टरको निर्माण

काठमाडौं ।

काठमाडौं, १४ साउन । एनसेलको सहयोगमा त्रिभुवन विश्वविद्यालय टिचिङ् हस्पिटलमा डे केयर डायलाईसिस सेन्टरको निर्माण सम्पन्न भएको छ ।

मृगौला सम्बन्धि स्वास्थ्य समस्या दिनानु दिन बढि रहेको अवस्थामा सर्वसाधारणलाई मृगौला सम्बन्धि रोगको उपचार देश भित्रै सहज बनाउन योगदान पुर्याउने उदेश्य लिई एनसेलले सन् २०१४ मा देशको अग्रणी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय टिचिङ् हस्पिटललाई डे केयर डायलाईसिस सेन्टरको निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको थियो । नवनिर्मित डायलाईसिस सेन्टरमा १६ वटा डायलाईसिस मेशिनहरु राख्न सकिने क्षमता छ र सेन्टर संचालनका लागि आवश्यक पर्ने आरओ वाटर ट्रिटमेन्ट प्रणाली पनि जडान गरिएको छ ।

“यो सेन्टरको संचालनले मृृगौला सम्बन्धि स्वास्थ्य सेवामा मानिसहरुको पहुँच वृद्धि गर्नमा योगदान गर्नेछ । मृगौलाको उपचार सहज बनाउने राष्ट्रिय नीति अनुरुप यो सेन्टरले हस्पिटलको सेवा प्रदान गर्ने क्षमता बढाउने छ,” त्रिभुवन विश्वविद्यालय टिचिङ् हस्पिटलका उपनिर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गले बताए ।

हाल टिचिङ् हस्पिटलले आफ्नो डे केयर डायलाईसिस युनिटमा संचालनमा रहेको तीन वटा डायलाईसिस मेशिनहरुबाट दैनिक २५ देखि ३० जनालाई डायलाईसिस सेवा प्रदान गर्दै आएको छ । डा. खड्गका अनुसार सेवाको क्षमता अभिवृद्धि गर्ने योजना अन्तर्गत हस्पिटलले चाँडै नै थप चार वटा डायलाईसिस मेशिनहरु जडान गर्ने क्रममा रहेको छ ।

एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत सर्जिकल ओपिडी भवनको तेस्रो तल्ल्लामा यो सेन्टर निर्माणका लागि सहयोग प्रदान गरेको हो  । यसका लागि रु १ करोड ५० लाखको आर्थिक सहयोग प्रदान गरिएको थियो । १६ वटा डायलाईसिस मेशिन जडान गर्न सकिने पुर्वाधार र  डायलाईसिस मेशिन संचालानार्थ अतिआवश्यक आरओ वाटर टिट्रमेन्ट सिस्टम बाहेक सेन्टरमा २० जनाको क्षमता भएको बिरामी मैत्री लिफ्ट पनि जडान गरिएको छ ।

एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने, “हामीलाई आशा छ यसले हस्पिटललार्ई सरकारको योजना अनुरुप बिरामीहरुलाई अति आवश्यक मृगौला उपचार सम्बन्धि सेवा प्रदान गर्नमा मद्दत गर्ने छ ।”

एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व  कार्यक्रम ‘वी केयर’ अन्तर्गत टिचिङ् हस्पिटललाई यो सहयोग प्रदान गरेको हो ।

प्रकाशित: १४ श्रावण २०७३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...