
काठमाडौं ।
वर्षकै सबैभन्दा ठूलो कन्जुमर इलेक्ट्रोनिक्स शो सीईएस २०२२ आजबाट शुरु भएको छ।
अमेरिकाको लस भेगसमा आगामी जनवरी ७ सम्म चल्ने यो इभेन्टमा थुप्रै नयाँ प्रविधियुक्त ग्याजेटहरु प्रदर्शन गरिनेछ।
इभेन्टमा राखिने कतिपय ग्याजेटका बारेमा सोशल मिडियामा निकै चर्चा हुन थालिसकेको छ। यसरी चर्चा हुनेहरुमा अम्ब्रेला मनिटर, इलेक्ट्रिक सर्किट पेन, सामसङ होम रोबोट, थ्रीडी एजुकेशन, अटोनोमस भेहिकल लगायतका थुप्रै ग्याजेट र प्रविधि समावेश छन्।
यो संस्करणमा निकै चर्चामा रहेका केही प्रविधि तथा ग्याजेटका बारेमा तल चर्चा गरिन्छ।
अम्ब्रेला मनिटर
एसप्ले कम्पनीले अम्ब्रेला मनिटरमा निकै समयदेखि अध्ययन गर्दै आएको छ। यो नयाँ प्रविधियुक्त मनिटर सीईएस २०२२ मा सार्वजनिक हुनसक्ने आकलन गरिएको छ। यो एक प्रकारको पोर्टेबल डिस्प्ले तथा प्रोजेक्टर हो। यसलाई छाताजस्तै गरी खोलिन्छ।
यसको अगाडिपट्टि एउटा कपडाको स्क्रीन छ जसमा भिजुअल देखिन्छ। यसमा पछाडिपट्टि रहेको ह्यान्डलको भागमा प्रोजेक्टरलाई फिट गरिन्छ।यसमा स्टेरियो स्पीकर, एचडीएमआई पोर्ट, वायरलेस कनेक्शनलगायत थुप्रै प्रकारका कनेक्टिभिटी दिइएको छ।
इलेक्ट्रिक पेन
यो पेनको मुख्य विशेषता भनेको यसबाट लेखेको ठाउँमा यसले विद्यतीय सर्किट बनाइदिन्छ। यसको मतलब यसले करेन्ट बग्ने एक प्रकारको वायरको निर्माण गर्दछ। वास्तवमा यो पेन जहाँ जहाँ चल्छ त्यहाँ एउटा तारको तह बनाउँछ। एरिया में चलता है वहां एक वायर की लेयर बना देता है।
यो तारको तहलाई कुनै पनि उत्पादन मा प्रयोग गर्न सकिन्छ। यसबाट एउटा लाइट पिलरको चित्र बनाएको खन्डमा उसको थ्रीडी तस्बिर बन्छ। यो पेनको आविष्कारबाट इलेक्ट्रिक कनेक्शन गर्न सहज हुने अपेक्षा गरिएको छ।
थ्रीडी एजुकेशन स्क्रीन
प्रविधिले शिक्षाको स्तरलाई लगातार परिवर्तन गर्दै आएको छ। पहिले किताबमार्फत् बालबालिकालाई बुझाइन्थ्यो भने हिजोआज भने प्रविधिको उपलब्धताका कारण व्यवहारिक रुपमा बुझाउन सकिने भएको छ।
सीईएसमा एजुकेशन थ्रीडी स्क्रीन सार्वजनिक हुने भएको छ। यसलाई रियल फ्यूचर स्क्रीन पनि भनिएको छ। अन्तरक्रियात्मक तथा गतिशील शिक्षाका लागि यो स्क्रीन निकै उपयोगी मानिएको छ।
सामसङ होम रोबोट
सामसङले विगत केही वर्षयता यो होम असिस्टेन्ट रोबोटमा काम गरिरहेको छ। यो होम रोबोटको मुख्य विशेषता भनेको घरका साना साना काममा यसले सहयोग गर्न सक्छ।
यसलाई पानी माग्न, वाशिङ मेशिनमा कपडा हाल्न आदि काम लगाउन सकिन्छ। कम्पनीले यसअघि बेला बेला यो असिस्टेन्ट रोबोटको भिडियो रिलिज गरिसकेको छ।
यी केही उल्लेख्य ग्याजेटबाहेक सीईएस २०२२ मा यसअघिका संस्करणमा झैं थुप्रै प्रविधि र ग्याजेटहरु प्रदर्शनमा रहेका छन्।
प्रकाशित: २१ पुष २०७८, बुधबार