टाइगर स्ट्राटेजीमार्फत् एप्पललाई उछिन्ने सामसङको योजना

  • Technology Khabar | २० पुष २०७८, मंगलवार
टाइगर स्ट्राटेजीमार्फत् एप्पललाई उछिन्ने सामसङको योजना

काठमाडौं ।

सामसङले उत्तर अमेरिकामा एप्पललाई उछिन्नका लागि आफ्नो तथाकथित टाइगर स्ट्राटेजीलाई निरन्तरता दिने भएको छ।

यो स्ट्राटेजीले सामसङलाई आफ्ना फ्ल्यागशिप बजार हिस्सामा सुधार ल्याउन तथा एप्पलसँगको अन्तरमा कमी ल्याउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

कोरियन हेराल्डका अनुसार सामसङका ४० जना कार्यकारीहरु सीईएस २०२२ को ठिक अघि लस भेगसमा यस वर्षको स्मार्टफोनको रणनीति छलफल गर्ने क्रममा कम्पनीले टाइगर नामक परियोजना परिचालन गर्ने बताएका छन्।

उक्त समाचार संस्थाका अनुसार टाइगरमा रहेका प्रत्येक अक्षरले कम्पनीका रणनीति बताउँछन्।

टी को अर्थ सबै क्याटेगरीका वास्तविक अंक, आईको अर्थ फ्ल्यागशिप बजार हिस्सामा सुधार, जी को अर्थ एप्पलसँगको अन्तर घटाउने, ई को अर्थ वायरलेस इयरफोनजस्ता तथाकथित सी-ब्रान्डका उत्पादनहरुको उपस्थिति अझ विस्तार गर्ने र आर को अर्थ रेकर्ड वर्षका लागि लक्षित हुने रहेका बताइएको छ।

प्रकाशित: २० पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार