प्राधिकरण बढुवा प्रकृया विरुद्धको मुद्दा: ‘पूर्व आदेशानुसारको कार्य सम्पन्‍न गर्न’ उच्च अदालतको आदेश

  • Technology Khabar | २० पुष २०७८, मंगलवार
प्राधिकरण बढुवा प्रकृया विरुद्धको मुद्दा: ‘पूर्व आदेशानुसारको कार्य सम्पन्‍न गर्न’ उच्च अदालतको आदेश
फाइल तस्बिर

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको आन्तरिक कार्यक्षमताअनुसारको बढुवा प्रकृयामा परेको मुद्दामा अदालतले आज यसअघिको आदेशअनुसार कार्य सम्पन्न गर्ने थप आदेश दिएको छ।

उच्च अदालत पाटनमा आज भएको सुनुवाईमा अदालतले विपक्षीको नाममा पूर्व आदेशानुसारको कार्य सम्पन्‍न गर्ने आदेश जारी गरेको हो।

उच्च अदालतका न्यायाधिशद्धय किरण पौडेल र मिना गौतम सेडाईको संयुक्त इजलासले सो आदेश जारी गरेको हो।

यसअघि नै उच्च अदालत पाटनले सो मुद्दामा लोकसेवा आयोगलाई असार ३१ गतेको पत्रको बारेमा प्रमाण पेश गर्न र सो पत्र नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता भएको आधिकारीक प्रमाणित प्रतिलिपिसहित उपस्थित हुन आदेश दिएको थियो।

सोहि आदेशलाई अदालतले निरन्तरता दिँदै पूर्व आदेशानुसारको कार्य सम्पन्‍न गर्ने आदेश जारी गरेको हो।

प्राधिकरणका कर्मचारी विनोदचन्द्र श्रेष्ठसहितका ७ जना कर्मचारीहरुले प्राधिकरणले कार्यक्षमताको मूल्यांकनद्धारा गर्न लागेको बढुवा प्रकृयाका विरुद्ध २०७८ मंसिर २७ गते दायर गरेको मुद्दामा उच्च अदालतले यसअघि नै अल्पकालिन अन्तरिम आदेश दिएको छ।

सम्बन्धित समाचार-

दूरसञ्चार प्राधिकरणको बढुवा प्रक्रिया मुद्दामा लोकसेवालाई थप जानकारी उपलब्ध गराउन आदेश

श्रेष्ठले नेपाल सरकार, सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, लोकसेवा आयोगसमेतलाई विपक्षी बनाएर मुद्दा हालेका छन्।

यो समाचार पनि हेर्नुस्-

नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि निर्देशिका संसोधन गरेकोमा संसदिय समितिमा प्रश्न

प्रकाशित: २० पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार