भ्रामक विज्ञापन गरेको भन्दै शाओमीलाई चीनमा जरिवाना

  • Technology Khabar | १० पुष २०७८, शनिबार
भ्रामक विज्ञापन गरेको भन्दै शाओमीलाई चीनमा जरिवाना

काठमाडौं ।

जब चिनियाँ स्मार्टफोन कम्पनी शाओमी स्मार्टफोन बजारमा डेब्यू गर्‍यो, त्यसबेला यसको बारेमा धेरै विज्ञापनहरू थिएनन्। शाओमीको उपकरण त्यसबेला मौखिक रूपमा हेडलाइनहरूमा आउने गर्दथे।

तर अब कम्पनीले आफ्नो उपकरणहरूका लागि तीव्ररूपमा विभिन्न किसिमको प्रचार गर्दछ। यी मध्ये एउटा विज्ञापनका कारण कम्पनीलाई जरिवाना गरिएको छ।

शाओमीलाई आफ्नो देश अर्थात् चीनमा झुटो विज्ञापन गरेकोमा २०,००० युआन जरिवाना गरिएको छ । यो जरिवाना चिनियाँ सरकारको बजार सुपरिवेक्षण विभागले लगाएको हो। शाओमीले चीनको विज्ञापन कानूनको उल्लंघन गरेको आरोप लगाइएको छ।

आईटीहोमको रिपोर्ट अनुसार, कम्पनीले गत वर्ष टीमलमा रेडमी के३० फाइभजीको ब्यानर विज्ञापनमा गल्ती गरेको थियो। प्रमोशनल इमेजमा यो स्मार्टफोनमा सामसङ एमोलेड डिस्प्ले फिचर हुने बताइएको थियो तर वास्तवमा यो स्मार्टफोनले एलसीडी प्यानल सपोर्ट गर्छ। कम्पनीले २०२० अक्टोबर २१ मा शाओमीको आधिकारीक स्टोरमा टीमलमा सो डिभाइस बेच्न राखेको थियो।

यस्तो देखिन्छ कि ब्यानर विज्ञापनको इन्चार्जले विज्ञापनको अन्तिम तस्वीर जाँच नगरीकन नै प्रकाशति भएको थियो। यो गल्ती गर्ने जो कोही रेडमी के३० प्रो ५जीको स्पेसिफिकेशनको बारेमा भ्रमित भएको हुन सक्छ।

सोही विज्ञापनलाई आधार मानेर नियामकले शाओमीलाई जरिवाना लगाएको हो। नोभेम्बर ३०मा दिईएको आदेशअनुसार कम्पनीलाई गलत कार्य सच्याउन र रकम तिर्न भनिएको छ।

प्रकाशित: १० पुष २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार