अमेजनद्वारा आफ्ना सबै कार्यस्थलमा मास्क पुन: अनिवार्य

  • Technology Khabar | ९ पुष २०७८, शुक्रबार
अमेजनद्वारा आफ्ना सबै कार्यस्थलमा मास्क पुन: अनिवार्य

काठमाडौं ।

ई-कमर्स साइट अमेजनले आफ्ना सबै गोदाममा काम गर्ने कर्मचारीका लागि मास्क पुन: अनिवार्य गर्ने भएको छ।

अमेरिकामा सर्ने दर उच्च रहेको कोरोनाको ओमिक्रोन भेरियन्ट फैलन थालेपछि कम्पनीले यो निर्णय गरेको बुझिएको छ।

समाचार संस्था इन्ग्याजेटका अनुसार कम्पनीले आफ्ना सबै सञ्चालन फ्यासिलिटी, फुलफिलमेन्ट सेन्टर, सर्ट सेन्टर तथा डेलिभरी स्टेशनमा गत बुधबारदेखि लागू हुनेगरी मास्क लगाउन अनिवार्य गरेको हो।

कम्पनीले गत वर्षको अप्रिलमा पनि ज्वरो नाप्ने तथा मास्क लगाउने कार्यलाई अनिवार्य गरेको थियो। मे महिनामा भने कोरोनाविरुद्धको अन्तिम डोज खोप लगाइसकेकाहरुले भने मास्क नलगाए पनि हुने भएको थियो।

‘तपाईँहरुले कार्यालयको सुरक्षाका लागि दुई तह भएको, पुन: प्रयोग गर्न मिल्ने वा डिस्पोज गर्न मिल्ने मुखावरण प्रयोग गर्न सक्नुहुनेछ’, हालै कम्पनीले आफ्ना कर्मचारीलाई पठाएको ईमेलमा लेखिएको छ, ‘यदि तपाईँहरसँग यी सामान उपलब्ध छैनन् भने कम्पनीको भवनमा प्रवेश गर्ने बित्तिकै उपलब्ध हुनेछ।’

कम्पनीले यो नियम यो जाडो मोसमपछि हट्न सक्ने अपेक्षा गरेको छ।

प्रकाशित: ९ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार