नेपाल बैंकको कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरू

  • Technology Khabar | ९ पुष २०७८, शुक्रबार
नेपाल बैंकको कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरू

काठमाडौं ।

नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरू गरेको छ। बैंकले पुस ४ गते वीरेन्द्रनगर सुर्खेतस्थित मोडेल कलेज सुर्खेत, ६ गते सुर्खेत बहुमुखी क्याम्पसमा र अमरदीप क्याम्पस, सुर्खेतमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिएको छ।

नेपाल बैंक लिमिटेड, वीरेन्द्रनगर शाखा, मोडेल कलेज, सुर्खेत बहुमुखी क्याम्पस र अमरदीप क्याम्पस सुर्खेतको सहकार्यमा विद्यार्थीहरूलाई डिजिटल बैकिङ्गसम्बन्धी जानकारी गराइ डिजिटल बैकिङ्गका प्रविधिहरूमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार कार्यक्रमहरूमा करिब ३०० विद्यार्थीहरू सहभागी थिए।

उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरतासम्बन्धी जानकारी, नेपाल बैंकका विभिन्न सेवा सुविधाहरु, डिजिटल बैंकिङ्ग प्रविधिहरू, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङ्गका विविध आयामहरूको बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रमका प्रादेशिक कार्यालयका प्रमुख अश्विनकुमार पुडासैनीले अबको आवश्यकता भनेकै डिजिटल बैंकिङ्ग रहेको भन्दै हरेक विद्यार्थी यस सम्बन्धमा जानकार रहनुपर्ने कुरामा जोड दिएका थिए।

नेपाल बैंकले भविष्यमा उद्यमी बन्न चाहने विद्यार्थीलाई सहयोग गर्ने भन्दै एक व्यक्ति एक बैंक खाता हुनुपर्नेमा पनि पुडासैनीले जोड दिए।

क्याम्पस प्रमुखहरुले डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंक लिमिटेडलाई धन्यवाद दिंदै यस कार्यक्रमबाट सम्पूर्ण विद्यार्थीहरूले बढी भन्दा बढी लाभ लिने विश्वास व्यक्त गरेका छन् ।

बैंकले जुम्ला शाखाको पहलमा जुम्ला बहुमुखी क्याम्पस जुम्लामा पनि पुस ९ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ।

८५ औं वर्ष प्रवेश गरेको देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले हाल ७२ जिल्लामा २१३ शाखाहरू, १५० एटिएम र ४७ एक्सटेन्सन काउण्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध गराइरहेको जनाएको छ।

प्रकाशित: ९ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...