दक्षिण कोरियाद्वारा उच्च जोखिमयुक्त सैनिक अभियानका लागि रोबोटलाई तालिम दिने पहिलो रक्षा एआई केन्द्र स्थापना

  • Technology Khabar | ३० आश्विन २०८३, शुक्रबार
दक्षिण कोरियाद्वारा उच्च जोखिमयुक्त सैनिक अभियानका लागि रोबोटलाई तालिम दिने पहिलो रक्षा एआई केन्द्र स्थापना
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

दक्षिण कोरियाको राष्ट्रिय रक्षा मन्त्रालयले सोमबार पाङ्ग्यो टेक्नो भ्यालिमा भौतिक कृत्रिम बुद्धिमत्ता (एआई) अनुसन्धान केन्द्रको स्थापना गरेको छ।

विदेशी सञ्चार माध्यमका अनुसार यो केन्द्रले जोखिमपूर्ण सैनिक अभियानामा प्रयोग गर्न ह्युमनोइड रोबोट र अटोनोमस सवारी साधनलाई तालिम दिने राष्ट्रिय परियोजनाको सुरुवात गरेको हो। उक्त प्रविधि बिस्फोटक पदार्थ व्यवस्थापन गर्ने, खतरनाक रसायन पत्ता लगाउने जस्ता कार्यमा प्रयोग गरिन्छ।

अजुु विश्वविद्यालय सँगको सहकार्यमा सञ्चालन हुने पाङ्ग्योस्थित यो केन्द्र देशभर स्थापना गर्ने योजना बनाइएका पाचँओटा क्षेत्रीय रक्षा एआई केन्द्रमध्ये पहिलो हो।

पाङ्ग्योले हार्डवयर र सफ्टवेयरमा ध्यान केन्द्रित गर्ने छ। यसले जोखिमपूर्ण क्षेत्रको काम गर्ने ह्युमनोइड तथा धेरै खुट्टे रोबोटलाई तालिम दिन आवश्यक भौतिक तंथ्याक संकलन गर्ने छ।

दक्षिण सियोलको योङसानमा स्थापना हुने केन्द्रले गोप्य सैनिक तथ्याङ्क प्रयोग गरि कमान्ड तथा नियन्त्रण प्रणालिको विकासमा काम गर्ने छ। देशको मध्य भागमा रहेको देजोनमा कोरिया एडभान्स इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीको सहयोगमा स्थापना हुने केन्द्रले एजेन्टमा आधारित कृत्रिम बुद्धिमत्तामा अनुसन्धान गर्नेछ।

टेलिग्राफका अनुसार, उपकरणको प्रयोगले सैनिक तयारी कायम राख्न, मानविय क्षति न्यूनिकरण गर्न र क्षेत्रीय सुरक्षामा देखापरेका नयाँ चुनौतिको सामना गर्न रक्षा प्रणालीलाई आधुनिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

रक्षा मन्त्रालयले पाँचवटै केन्द्रमा सयुक्त अनुसन्धान कार्यक्रम विस्तार गर्ने योजना सार्बजनिक गरेको छ। एस मार्फत नागरिक क्षेत्रमा विकसित सफ्टवेयर तथा रोबोटिक्स प्रविधिलाई सैनिक क्षेत्रमा प्रत्यक्ष रुपमा उपयोग गर्न सकिने सिस्टम विकास गरेको छ।

प्रकाशित: ३० आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार