कम्प्युटर अधिकृतको भरमा भूमि सुधार तथा मालपोत कार्यालय

  • Technology Khabar | ८ पुष २०७८, बिहीबार
कम्प्युटर अधिकृतको भरमा भूमि सुधार तथा मालपोत कार्यालय

काठमाडौं ।

वीरगञ्जस्थित भूमिसुधार तथा मालपोत कार्यालय लामो समयदेखि कम्प्युटर अधिकृतको भरमा सञ्चालन हुँदैआएको छ।

लामो समयदेखि कार्यालय प्रमुख रिक्त रहदै आएपछि कम्प्युटर अधिकृत कमोद तिवारीले निमित्त कार्यालय प्रमुख भएर काम गर्दै आएका हुन् । उनले लामो समयदेखि कार्यालय प्रमुख नभएकाले आफैँले उक्त जिम्मेवारी सम्हाल्दै आएको जानकारी दिए।

पटक–पटक कार्यालय प्रमुखको रुपमा यस कार्यालयमा उपसचिवको सरुवा भए पनि फेरी तुरुन्तै अन्यत्र सरुवा भई जाने, वा यहाँ दरबन्दी भए पनि काजमा जाने गरेकाले यो कार्यालय लामो समयदेखि कार्यालय प्रमुखविहीन हुँदै आएको पाइन्छ। कूल ५३ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल ३३ कर्मचारी छन्। अधिकांश कर्मचारी नहुँदा कार्यालय सञ्चालनमा कठिनाई हुँदै आएको अधिकृत तिवारीको भनाइ थियो।

हाल एक उपसचिव, एक प्रशासन अधिकृत, एक अधिकृत (मालपोत), पाँच नायब सुब्बालगायत अन्य कर्मचारीसमेत रिक्त छन् । कार्यालयबाट नियमितरुपमा जग्गा रजिष्टेसन, दृष्टिबन्दक (ऋण लिँदा गरिने जग्गा रोक्का/फुकुवा), नामसारीजस्ता काम हुँदै आएका छन् ।

साविकको मालपोत र भूमिसुधार गरी दुई वटा फरक–फरक कार्यालयलाई एकिकृत गरी अहिले भूमि सुधार तथा मालपोत कार्यालयको रुपमा सञ्चालन हुँदैआएको छ।

प्रकाशित: ८ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Veel Announces Nepal Pilot to Empower Creator Economy

  • Technology Khabar
  • ८ पुष २०७८, बिहीबार