नोभेम्बरमा सेमिकन्डक्टर उपकरणको बिक्रीमा कीर्तिमान

  • Technology Khabar | ८ पुष २०७८, बिहीबार
नोभेम्बरमा सेमिकन्डक्टर उपकरणको बिक्रीमा कीर्तिमान

काठमाडौं ।

उत्तर अमेरिकी सेमिकन्डक्टर उत्पादनसम्बन्धी उपकरणहरुको बिक्री गत नोभेम्बरमा हालसम्मकै उच्च रहेको तथ्याङ्क आएको छ।

सेमिकन्डक्टर इक्विपमेन्ट म्यानुफ्याक्चरर इन्डस्ट्री सेमी नामक संस्थाका अनुसार गत नोभेम्बरमा सेमिकन्डक्टर बिक्रीको कीर्तिमानी आँकडा ३ अर्ब ९३ करोड डलर पुगेको थियो।

उक्त कारोबार आँकडा अक्टोबरमा भएको ३ अर्ब ७४ करोड डलर भन्दा ५ प्रतिशतले बढी हो भने गत वर्षको नोभेम्बरको २ अर्ब ६१ करोड डलरभन्दा ५०.६ प्रतिशतले धेरै हो।

‘उत्तर अमेरिकामा रहेका सेमिकन्डक्टर उपकरण निर्माताहरुको कारोबार गत नोभेम्बरमा नयाँ कीर्तिमान बन्नेगरी आकाशिएको थियो’, सेमीका अध्यक्ष तथा सीईओ अजित मनोचाले भने।

उनका अनुसार निरन्तर चलिरहेको वैश्विक आपूर्ति श्रृङ्खलाको अभावका बावजूद उक्त उद्योगको कार्य प्रदर्शन निकै प्रबल रहेको थियो।

प्रकाशित: ८ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार