काठमाडौं ।
भारतको इलेक्ट्रिक स्कुटर ब्रान्ड जेलियोले अब नेपालमा पनि व्यावसाय विस्तार गरेको छ।
जेलियोलाई नेपालमा गो ग्रिन बिजनेस एन्ड सोलुसन प्रालीले भित्राएको हो।
नेपालमा विद्युतीय सवारीसाधन बजारमा विस्तार भइरहेका बेला जेलियो इलेक्ट्रिक स्कुटरले ले आफ्नो उपस्थिति विस्तार गर्दै आधुनिक, किफायती तथा वातावरणमैत्री व्यक्तिगत यातायातको नयाँ विकल्प प्रस्तुत गरेको जनाएको छ।
सर्वसाधारणहरूको दैनिक आवागमनलाई सहज, किफायती र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ जेलियो ले विभिन्न मोडलका इलेक्ट्रिक स्कुटरहरू नेपाली बजारमा उपलब्ध गराएको छ।
कम्पनीले जेलियो इलेक्ट्रिक स्कुटरमा आकर्षक तथा आधुनिक डिजाइनसँगै दैनिक प्रयोगलाई ध्यानमा राखेर उच्च दक्षताको इलेक्ट्रिक मोटर, आधुनिक ब्याट्री प्रविधि, डिजिटल डिस्प्ले, आरामदायी राइडिङ, राम्रो स्टोरेज क्षमता तथा सुरक्षा सुविधाहरू जस्ता विशेषताहरू रहेको बताएको छ।
नेपालमा बढ्दो विद्युतीय सवारीसाधनको मागलाई ध्यानमा राख्दै जेलियोले ग्राहकलाई कम सञ्चालन खर्च, वातावरणमैत्री यात्रा र आधुनिक प्रविधिको अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ।
जेलियो इभी स्कुटर खरिद गर्ने ग्राहकहरूका लागि कम्पनी तथा आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध मोडल र योजनाअनुसार फाइनान्स तथा एक्सचेन्ज सुविधा, टेस्ट राइड सुविधा तथा बिक्रीपछिको सेवा तथा मर्मत सम्भार र स्पेयर पार्ट्स तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ।
कम्पनीका प्रतिनिधिले भने, ‘नेपालमा विद्युतीय मोबिलिटीको प्रयोग बढिरहेको अवस्थामा जेलियोले ग्राहकको आवश्यकता, बजेट र दैनिक प्रयोगलाई ध्यानमा राखेर आधुनिक तथा किफायती इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने लक्ष्य राखेको छ। ग्राहकलाई गुणस्तरीय उत्पादनसँगै भरपर्दो सेवा र सहज फाइनान्सिङ सुविधा उपलब्ध गराउनु प्राथमिकत हो।
प्रकाशित: २९ आश्विन २०८३, बिहीबार