सिद्धार्थ बैंकको कार्ड र मोबाइल बैंकिङ्गमार्फत कारोबार गर्दा क्यासब्याक पाईने

  • Technology Khabar | ८ पुष २०७८, बिहीबार
सिद्धार्थ बैंकको कार्ड र मोबाइल बैंकिङ्गमार्फत कारोबार गर्दा क्यासब्याक पाईने

काठमाडौं ।

सिद्धार्थ बैंकले १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा नयाँ क्यासब्याक योजना ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

यी सेवा प्रयोग गरी कारोबार गर्दा ग्राहकहरूले पाचौँ कारोबार रकमको ५ प्रतिशत (अधिकतम १००), १० औं कारोबार रकमको १० प्रतिशत (अधिकतम १५०) र १५ औं कारोबार रकमको १५ प्रतिशत (अधिकतम २५०) नगद क्यासब्याक पाउन सक्ने बैंकले जानकारी दिएको छ।

यस योजनाले ग्राहकहरूलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबारतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको जनाएको छ।

प्रकाशित: ८ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...