मूल्य बढाएको भारतीय टेलिकम कम्पनी जियोले ल्यायो भारु १ को योजना !

  • Technology Khabar | १ पुष २०७८, बिहीबार
मूल्य बढाएको भारतीय टेलिकम कम्पनी जियोले ल्यायो भारु १ को योजना !

काठमाडौं ।

छिमेकी देश भारतको टेलिकम कम्पनी रिलायन्स जियोले आफ्नो ट्यारिफ प्लानको मूल्य बढाउने घोषणा गरेदेखि नै जियो प्रयोगकर्ताहरू आफ्नो कम्पनीसँग आक्रोशित छन्। कम्पनीको नेटवर्क, इन्टरनेटको स्पीड र अन्य सेवामा पहिलेदेखि नै कमी आएको ग्राहकको गुनासो छ।

अन्य टेलिकम कम्पनीहरुका भन्दा सस्तो सेवा शुल्क लागू गरेको रिलायन्स जियोले योजनाहरू महँगो बनाएर आफ्ना प्रयोगकर्ताहरूलाई ठूलो झटका दिएको थियो।

तर यी सबैको बीचमा, अब जियोले कम्पनीका ग्राहकहरू मात्र होइन अन्य टेलिकम कम्पनीहरूलाई पनि टाउको दूखाउन सक्ने योजना ल्याएको छ। कम्पनीले हालसम्मको सबैभन्दा सस्तो जियो रु १ प्लान केबल भारु १ मा प्रस्तुत गरेर सबैलाई चकित पारेको इण्डिया टूडेले रिपोर्टमा उल्लेख गरेको छ।

जियो भारु १ प्लान
आफ्ना ग्राहकहरूलाई उपहार दिँदै, रिलायन्स जियोले धेरै सस्तो योजना प्रस्तुत गरेको छ जुन केवल एक भारतीय रुपैयाँमा आउँछ। रिलायन्स जियो १ रुपैयाँको प्लान ल्याउने पहिलो कम्पनी हो। यो प्लान हाल पूरै भारतमा सबैभन्दा सस्तो प्रिपेड प्लान हो, जसमा एयरटेल, भोडाफोन आइडिया र बीएसएनएलको फाइदाहरू भन्दा धेरै सुबिधा छ।

कम्पनीले यो नयाँ योजना जियो एप मार्फत लन्च गरेको छ, जसले लामो भ्यालिडिटीका साथसाथै दैनिक बिना कुनै लिमिटमा चल्ने इन्टरनेट डाटाको फाइदा पनि दिन्छ।

रिलायन्स जियोको यो १ रुपैयाँको प्लान प्रिपेड प्लान हो र यो जुनसुकै बेला रिचार्ज गर्न सकिन्छ। यो योजनाको सबैभन्दा ठूलो विशेषता यसमा उपलब्ध लामो अवधिको भ्यालिडिटी हो। यो योजनाले मात्र रु १ मा ३० दिनको वैधता प्रदान गर्दछ।

यसका साथै जियोले आफ्ना प्रयोगकर्ताहरूलाई १ भारुमा १०० एमबी डाटा उपलब्ध गराउँछ, जुन फोरजी स्पीडमा मात्र चल्छ। यो १०० एमबी डाटा पूर्ण ३० दिनको वैधताको साथ आउँछ र प्रयोगकर्ताहरूले यो डाटा महिनाभर जुनसुकै बेला प्रयोग गर्न सक्छन्।

यहाँ यदि १०० एमबी डाटा एकदमै कम छ भन्ने ग्राहकहरुलाई लागेको खण्डमा यसलाई रिचार्ज गरेर बढाउन सकिने बताईएकोछ। यो १०० एमबी डाटा ४ जी स्पीडमा चल्नेछ र १०० एमबी डाटा सकिएपछि पनि फोन इन्टरनेटमा जोडिनेछ र गति ६४ केबीपीएस हुनेछ।

यदि थप डाटा आवश्यकपरेको अबस्थामा थप रकम रिचार्ज गरेर सोहीअनुसार मासिकरुपमा डाटा थप गर्न सकिने बताईएकोछ।

प्रकाशित: १ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...